शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

म्याड स्पिड र किलर लुक्सका साथ ‘पोको एम थ्री प्रो’ नेपालमा

बिहीबार, २८ साउन २०७८, १६ : २६
बिहीबार, २८ साउन २०७८

काठमाडौं । स्मार्टफोन ब्रान्ड पोकोले ‘पोको एम थ्री प्रो फाइभ जी’लाई नेपालमा सार्वजनिक गरेको छ । सबैका लागि एक शक्तिशाली र पहुँचयोग्य फाइभ जीको मोडेल प्रदान गर्दै पोको एम थ्री प्रो डुअल फाइभ जी सपोर्टको साथ आउने कम्पनीले जनाएको छ ।

एक इमर्सिभ ९० हट्र्जको हाई डेफिनेसन डिस्प्ले र फ्ल्यागशिप लेभलको ७ न्यानोमिटर एफिसियन्सी प्रदान गर्ने कम्पनीको दावी छ । म्याड स्पिड, किलर लुक्सको ट्यागलाइनका साथ पोको एम थ्री प्रोले एडभान्स्ड टेक्नोलोजी र ट्रेन्ड सेटिङ डिजाइनको संयोजनलाई बोकेको छ । ६४ जीबीको नेपाली मूल्य २३ हजार ९ सय ९९ तोकिएको कम्पनीले जनाएको छ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले पोको एम थ्री प्रोको लन्चको साथ फ्युचर प्रुफको फाइभ जी टेक्नोलोजीलाई नेपालमा भित्र्याउने बताए । उनले डाइमेन्सिटी ७०० एसओसीका साथ संचालित यो उपकरण डुअल फाइभ जी सपोर्टको साथ आउने र यसले प्रयोगकर्ताहरुलाई दु्रत गति प्रदान गर्ने बताए । 

मिडिया टेक डाइमेन्सिटी ७०० पावर्ड स्मार्टफोन 
७ न्यानोमिटरको फ्ल्यागशिप लेभलको प्रोसेस प्रयोग गरेर निर्मित रहेको पोको एम थ्री प्रोमा मिडियाटेक ७०० चिपसेट र डुअल फाइभ जी सपोर्ट रहेको छ । यस उपकरणले ८–कोर सीपीयुको साथ २.२ गिगाहर्जसम्मको क्लक स्पिड प्रदान गर्ने कम्पनीले जनाएको छ ।

यसमा शक्तिशाली एआरएममा लीजी ५७ जीपीयु रहेको छ जसले फ्लेस युजर एक्सपेरियन्स प्रदान गर्दछ । यस जीपीयुले मेशिन लर्निङको लागि ६०% सुधार, ३०% बढी पर्फमेन्स डेन्सिटी र ३०% बढी राम्रो इनर्जीको इफिसियन्सीको साथ पावर एक्सपेरियन्सलाई वृद्धि गर्दछ ।

स्मार्ट डाइनामिकडिस्प्ले र डिजाइन
१६.५१ सेन्टिमिटर(६.५)को स्व्रिmनको साथ हाई–डेफिनेसनको सिनेम्याटिक एक्सपेरियन्स प्रदान गर्दै पोको एम ३ प्रो स्मार्ट डाइनामिक डिस्प्ले र ९० हर्जको रियालिटी फ्लोको साथ आउँदछ । वास्तविक दर्शक रहेको पोको एम ३ प्रोले यसको डुअल–टोन डिजाइनमा आएको छ । यो तीन वटा रंगहरु पावर ब्ल्याक, कुल ब्लु र पोको यल्लो भेरियन्टमा उपलब्ध छ ।

४८ एमपीको स्टनिंग ट्रिपल क्यामेरा एरे
४८ एमपीको ट्रिपल क्यामेराले सुन्दर र तीखा विवरणहरुको साथ आकर्षक चित्रहरु क्याप्चर गर्दछ । यो म्याक्रो क्यामेराको साथ आउँदछ जसले विवरणहरूलाई क्याप्चर गर्दछ । 

शक्तिशाली ५००० एमएएच ब्याट्री
पोको एम ३ प्रोले विशाल ५००० एमएएच ब्याट्रीको फिचर गर्दछ जसले प्रयोगकर्ताहरूलाई घण्टौँको लाथि अडियो भिजुअल मनोरञ्जन प्रदान गर्दछ । यसको ब्याट्री सजिलै दुई दिनभर टिक्ने कम्पनीले दावी गरेको छ । यसमा २२.५ वाटको फास्ट चार्जर रहेको छ जुन १८ वाटको फास्ट चार्जिङ सपोर्टको साथ उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप