काँग्रेस केन्द्रीय समिति बैठकमा कालो मास्क प्रतिबन्ध, मोबाइलबाट फोटो खिच्न नपाइने

नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकस्थलमा कडाइ गरिएको छ। प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा ३ बजेदेखि सुरु भएको बैठकमा सहभागीलाई कालो मास्क निषेध गरिएको छ ।
यस्तै समाचार संकलनका लागि पुगेका सञ्चारकर्मीलाई देउवा लगायतको फोटो मोबाइलबाट खिच्न रोक लगाइएको छ । कालो मास्क लगाउनेलाई गेट मै रोकिएको छ । ‘कालो मास्क खोलेर अर्को मास्क लगाएर मात्रै भित्र पस्न दिइएको छ । सञ्चारकर्मीलाई मोबाइलबाट फोटो खिच्न पनि दिइएको छैन ।’ रातोपाटीकर्मी लोकेन्द्र भट्टले जनाएका छन् ।
पत्रकारहरुले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालाको जस्तै झझल्को काँग्रेस बैठकमा देखिएको टिप्पणी गरेका छन् । तत्कालीन प्रधानमन्त्री ओलीको कार्यक्रममा कालो मास्क प्रतिबन्ध लगाउने गरिएको थियो भने मोबाइलबाट फोटो खिच्न समेत दिइँदैनथ्यो । त्यही शैली काँग्रेसको बैठकमा पनि देखिएको हो ।
काँग्रेस बैठकमा क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले समितिको प्रतिवेदन पेश गरेका छन् । यस्तै काँग्रेस निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले महाधिवेशनका लागि आवश्यक निर्वाचन निर्देशिका पनि प्रस्तुत गरेका छन् । यस्तै बैठकमा महाधिवेशन सार्नेबारे पनि छलफल हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पका कारण बढिरहेछ सुनको भाउ, कतिमा गएर रोकिएला ?
-
शपथ खाएको २४ घण्टा नबित्दै मधेस मिडिया काउन्सिलका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा
-
५८ करोडको आयात हुँदा १८ हजारको निर्यात ! कहाँ गयो सुपारी ?
-
कक्षा १२ को परीक्षा नरोक्ने निर्णय, कसले के भने ?
-
कक्षा १२ को परीक्षा : केन्द्राध्यक्षले दिन थाले राजीनामा
-
७२ घण्टाभित्र माग सम्बोधन नभए आन्दोलन गर्ने कर्मचारीहरूको चेतावनी