मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

पिएसजीका अध्यक्षले भने– ‘एमबाप्पे क्लबमै रहनेछन्’

बिहीबार, २८ साउन २०७८, १६ : ०३
बिहीबार, २८ साउन २०७८

पेरिस सेन्ट जर्माइन (पिएसजी) का अध्यक्ष नस्सर अल खेलाईफीले कालियन एमबाप्पे यस सिजन क्लबमै रहने स्पष्ट पारेका छन् । उनले जस्तोसुकै रकमको प्रस्ताव आएपनि एमबाप्पेलाई नबेच्ने बताए ।  

रियल म्याड्रिडले यी २२ वर्षीय फ्रान्सेली स्ट्राइकरमाथि आँखा लगाइरहेको छ । आगामी सिजन एमबाप्पे र पिएसजी बीचको  सम्झौता सकिदैंछ । र, रियलले त्यसपछि उनलाई अनुबन्ध गर्ने अपेक्षा गरिरहेको छ । भर्खरै मात्र मेस्सीलाई क्लबमा भित्र्याएका कारण एमबाप्पेलाई पिएसजीले बेच्नसक्ने अड्कल पनि काटिएको थियो । तर, अल खेलाईफीले यसको खण्डन गरेका छन् । ‘एमबाप्पे पिएसजीका खेलाडी हुन् । उनले क्लब छाड्ने चाहना छैन भनेर सार्वजनिक रुपमा भनेका छन्, हामीलाई उनको भविष्य थाहा छ,’ खेलाईफीले भने,‘क्लब छाड्न चाहन्न भनेर उनले भनिसकेका छन्, त्यसैले उनी यहीं रहनेछन् ।’

पिएसजीले अन्यत्र क्लबबाट निरन्तर रुपमा स्टार खेलाडीहरु भित्र्याइरहेको छ । उसले मोटो रकम खर्चेर यस्ता स्टारहरु भित्र्याउँछ । तर, टोलीका स्टार खेलाडीलाई हत्तपत्त बेच्ने गर्दैन । जतिबेलासम्म खेलाडीहरुले क्लबबाट राम्रो गरिरहेका हुन्छन्, त्यतिबेलासम्म ती खेलाडीलाई बेच्ने मनसाय यस क्लबले राख्दैन । 

नेइमार, मार्को भेराट्टी र इडिन्सन काभानीलाई भित्र्याउन अन्य क्लबहरु निकै लालयित भएका थिए । तर, पिएसजीले उनीहरुलाई बेचेन । प्रायःजसो पिएसजीका स्टार खेलाडीहरु आफ्नो सम्झौता सकिएपछि अन्यत्र क्लबमा जाने गरेका छन् । इडिन्सन काभानी र थिएगो सिल्भाले २०२० मा यस्तै गरेका थिए । 

उसको नीति स्पष्ट छ, ‘यदि टिमका लागि खेलाडी आवश्यक छ भने उसलाई बेच्नुपर्ने आवश्यकता छैन ।’ 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप