सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

थप २३ जनामा कोरोना संक्रमण पुष्टि

बिहीबार, २८ साउन २०७८, १५ : ४९
बिहीबार, २८ साउन २०७८

कैलालीको सेती प्रादेशिक अस्थायी कोरोना अस्पतालमा गरिएको कोरोना परीक्षणमा थप २३ जना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९७ नमुना परीक्षण गर्दा २३ जनामा संक्रमण पुष्टि भएको हो । ७४ नमुनामा भने रिपोर्ट नेगेटिभ आएको  अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।

हाल अस्पतालमा २८ जनाको उपचार भइरहेको उनले बताए । अस्पतालका अनुसार हालसम्म भर्ना भएका १ हजार चार सय २४ बिरामी मध्ये १ हजार २ सय ११ जना निको भएर घर गइसकेका छन् ।  यस्तै  कोरोनाका कारण हाल सम्म १ सय ८५ जनाको मृत्य भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप