शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

ढिला गरी काँग्रेस केन्द्रीय समिति बैठक सुरु, बूढानीलकण्ठमा सुरक्षा व्यवस्था कडा

बिहीबार, २८ साउन २०७८, १५ : २०
बिहीबार, २८ साउन २०७८

नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ । बिहीबार दिउँसो २ बजेका लागि बोलाइएको केन्द्रीय समिति बैठक ढिला गरी अर्थात ३ बजेपछि मात्रै सुरु भएको हो ।  बैठकमा क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले समितिको प्रतिवेदन पेश गरेका छन् । यस्तै काँग्रेस निर्वाचन समितिका संयोजक महादेव प्रसाद यादवले महाधिवेशनका लागि आवश्यक निर्वाचन निर्देशिका पनि प्रस्तुत गरेका छन् । यस्तै बैठकमा महाधिवेशन सार्नेबारे पनि छलफल हुने बताइएको छ । 

काँग्रेसले आगामी भदौमा महाधिवेशन आयोजना गर्ने तय गरेपनि क्रियाशील सदस्यता विवाद लगायतका कारणले तोकिएको समयमा महाधिवेशन नहुने देखिएको छ भने सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल महाधिवेशन सार्न तयार भएको बताइएको छ । 

बैठक सुरु हुनअघि केन्द्रीय कमिटी बाहिर रहेका युवा नेताहरु, रन्जित कर्ण, क्षितिज भण्डारी लगायतले महाधिवेशनको सुनिश्चितताका लागि सभापतिलाई निवेदन दिएका थिए । देउवा सभापति भएपछि काँग्रेस केन्द्रीय कमिटी बैठक पहिलो पटक सानेपा भन्दा बाहिर बसेको हो ।  देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकमा सुरक्षा व्यवस्था कडा पारिएको छ । देउवा निवास परिसरमा सुरक्षाकर्मी बाक्लो संख्यामा परिचालित छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप