शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

शिशुको हत्या गरी फरार व्यक्ति १८ वर्षपछि पक्राउ

बिहीबार, २८ साउन २०७८, १४ : ३९
बिहीबार, २८ साउन २०७८

कर्तव्य ज्यान मुद्दामा २१ वर्ष छ महिना कैद सजाय तोकिएका फरार व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा आँबुखैरेनी गाउँपालिका–१ कुसुन्डेडाँडा बस्ने ५१ वर्षीय मक्रान्ति साहिला भनिने प्रेमबहादुर सार्की रहेका छन् ।

नवजात शिशु मारेको अभियोगमा सार्की फरार रहेकामा उनलाई बुधबार पक्राउ गरिएको तनहुँ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । जिल्ला अदालतले २०६० वैशाख ११ गते निजलाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएकामा पोखरा पुनरावेदन अदालतले २०६० कात्तिक १८ उक्त फैसला सदर गरेको थियो ।

कर्तव्य ज्यान मुद्दामा तत्काल पक्राउ परेकी टीकामाया अम्गाईँ भन्ने टीका थापाको बयानमा निज सार्कीले नै जबर्जस्ती करणी गरेकाले गर्भ रहन गएको  र छोरी जन्मिएपछि खरबारीमा लगेर हत्या गरेका थिए  । 

चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ

चेक अनादर मुद्दामा फरार एक प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा व्यास नगरपालिका–२ बस्ने ४९ वर्षीय रामचन्द्र पौडेल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला अदालतले निजलाई दुई छुट्टाछुटै   मुद्दामा एक महिना कैद  गर्नाका साथै रु तीन हजार र ११ लाख २० हजार जरिवानाको फैसला सुनाएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप