नयाँ सरकारले ७५ लाख खोप लगायो, असोजसम्म १ करोड ८ लाख खोप ल्याउँछौँ : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आगामी असोजसम्म १ करोड ८ लाख खोप नेपाल आइपुग्ने सुनिश्चित भएको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै श्रेष्ठले नेपालका लागि कुल ५ करोड ५० लाख खोपको आवश्यकता पर्ने बताए ।
उनले अघिल्लो सरकारको पालामा ९७ लाख मात्रा खोप प्राप्त गरी असार मसान्तसम्म ४२ लाख खोप जनतालाई उपलब्ध गराइएको बताउँदै नयाँ सरकार आएपछि हिजोसम्म ७५ लाख खोप लगाइएको जानकारी दिए । उनले भने– ‘वर्तमान सरकारले खोपलाई अभियानका रुपमा प्रत्येक दिन १ लाख ५० हजारदेखि २ लाख खोप लगाउने थालनी गरेको छ । असोज मसान्तसम्म भुटानबाट प्राप्त समेत १ करोड ८ लाख प्राप्त हुने सुनिश्चित भएको छ । खोपको सुनिश्चित भएसँगै ३३ प्रतिशत जनतालाई खोप लगाउने कार्यक्रम राखिएको छ ।’
उनले खोपलाई सरकारले प्रमुख प्राथमिकतामा राखेकाले अल्पकालीन र दीर्घकालीन योजना बनाएर सदनमा प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गरे । ठूला-ठूला अस्पतालहरूको स्तरवृद्धि गरेर गुणस्तरीय स्वास्थ्य सेवा दिन सरकार लागिपर्ने राज्यमन्त्री श्रेष्ठले बताए । सरकारले १६ जिल्लामा ज्यादै संक्रमण बढेकोले सो क्षेत्रमा सरकारले खोपको विशेष व्यवस्था गर्ने जानकारी दिए । उनले निजी क्षेत्रका स्वास्थ्य क्षेत्रलाई नाफामुखी भन्दापनि सेवामुखी बनाउनेमा सरकार केन्द्रीत हुने दावी गरे ।
उनले एक साताको कोभिडको आँकडा हेर्दा बढ्दै गएको बताउँदै हाल ३८ हजार माथि सक्रिय संक्रमित रहेको जानकारी दिए । उनले नियमित रुपमा पठन पाठन अघि बढाउन विद्यार्थीलाई खोप लगाउन फाइजर र मोर्डना खोप ल्याउने तयारीमा सरकार हरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बारुलोको हमलामा बेहुलासहित २५ जना घाइते, बिहे स्थगित
-
प्राकृतिक चिकित्सालयको प्रचण्डले गरे अनुगमन
-
प्रतिकुल मौसमका कारण विद्युत् अवरुद्ध भएको हो, लोडसेडिङ भएको होइनः विद्युत् प्राधिकरण
-
मधु र सागरले ल्याए ‘सनई ढोलाकी’, बिहेको चर्चा
-
बिचौलियाहरूको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म छ: महामन्त्री थापा
-
देउवा नहल्लिएसम्म सरकार सुरक्षित रहने एमाले नेताहरूको विश्वास