बीपीमा छापा मारेसँगै अख्तियारले यसरी गर्दैछ छानबिन (भिडियोसहित)
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छापा मारेर छानबिन थालेको छ । अख्तियारको टोलीले बिहीबार छापा मारेर महत्त्वपूर्ण कागजात नियन्त्रणमा लिँदै छानबिन सुरु गरेको टोलीका नेतृत्व गरेर आएका प्रहरी उपरीक्षक टेकबहादुर तामाङले रातोपाटीलाई जानकारी दिए ।
‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगाल र इटहरीमा आएका उजुरीका बारेमा छानविन गर्न आएका हौं,’ प्रहरी उपरीक्षक तामाङले भने, ‘भर्खरै छानविन सुरु भएको छ ।’
तामाङसहित अख्तियारको केन्द्रीय कार्यालयबाट पाँच र इटहरी कार्यालयबाट एक गरी जम्मा ६ जनाको टोलीले प्रतिष्ठानमा छानविन थालेको हो । छानविनका क्रममा शंका लागेका दस्तावेजहरु नियन्त्रणमा लिने र केही आवश्यक दस्तावेज अध्ययन गर्ने तामाङले जानकारी दिए ।
उनका अनुसार खरिद तथा निर्माणसँग सम्बन्धित विषयमा अनियमितता भएको दाबीका साथ अख्तियारमा उजुरीहरु परेका छन् ।
प्रतिष्ठानमा अनियमितता भएकोबारे पटक पटक आवाज उठ्ने गरेको थियो । प्रतिष्ठानकै प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरुले समेत यसबारे आवाज उठाउँदै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
