सांसदको प्रश्न : कुलमान बुढो भएपछि सरकारले के गर्छ ?

माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महतले विद्युत् प्राधिकरणमा पुनः कुलमान घिसिङ नियुक्तिमाथि प्रश्न उठाएका छन् । बिहीबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले अघिल्लो सरकारले हनुमान मात्र देख्ने र अहिलेको सरकारले कुलमान मात्रै देख्ने गरेको भन्दै कटाक्ष गरे ।
उनले भने– ‘पुरानो सरकारले हनुमान मात्र देख्यो, नयाँ सरकारले कुलमान मात्र देख्यो । यसको मतलब मैले कुलमानलाई हनुमानसँग दाँज्न खोजेको हैन । हनुमानले त हाम्रो कर्णाली स्वास्थ्य अध्ययन प्रतिष्ठान धुजा धुजा पारिसक्यो । त्यहाँ ५ महिनादेखि हाजिर नभएका कर्मचारीहरुले तलब खाइरहेका छन् । यसको मतलब कुलमानले प्राधिकरणलाई फाइदा नै पुर्याइरहेका छन् । तर कुलमान बाहेक अरु मान्छे नै छैन् त ? कुलमान बुढो भएपछि सरकारले के गर्छ ? कुलमान बुढो भएपछि अर्को कुलमान कसरी खोज्छ त ? विद्युत् प्राधिकरण मात्रै छ ? कुलमान मात्रै छ ? नेपाल एयरलाइन्स छैन, अरु संस्थान डुबेका छैनन् ? खालि किन कुलमान मात्रै ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्शदीपको नाममा नयाँ रेकर्ड
-
भारी वर्षाले दिल्लीमा चार तले भवन भत्कियो, ४ जनाको मृत्यु
-
पाकिस्तानमा केएफसीविरुद्ध प्रदर्शन, एकको मृत्यु
-
धवलशमशेरलाई रिहा गर्न प्रहरीले बोलायो परिवार
-
एक लाख बढी पर्यटकले दर्शन गरे शालिग्राम सङ्ग्रहालय
-
भारतीय उपराष्ट्रपति धनखडले न्यायपालिकाबारे के भने जसले बहस निम्त्यायो?