ज्यान मुद्दाका फरार आरोपी १६ वर्षपछि पक्राउ
बिहीबार, २८ साउन २०७८, १३ : ५५
काठमाडौंको कलंकीमा महिलाको हत्या गरेर फरार भएका एक जनालाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले १६ वर्षपछि पक्राउ गरेको छ । रामेछापको खाँडादेवी गाउँपालिका– ६ खत्रिगाउँ घर भएका गबहादुर खत्री उर्फ शिवजीलाई पक्राउ गरिएको केन्द्रिय अनुसन्धान ब्यूरोका एसपी श्याम कुमार महतोले रातोपाटीलाई बताए ।
२०६२ पुस ६ मा काठमाडौं–१६ कलंकी स्थित लामापाटीमा भगवती लामा अधिकारीलाई गबहादुरले आगोले जलाएका थिए । उपचारको क्रममा भगवतीको वीर अस्पतालमा पुस ७ मा मृत्यु भएको थियो ।
हत्यापछि फरार भएका ग बहादुर ललितपुर महालक्ष्मी नगरपालिका वडा नम्बर–७ चाँङ्गाथलीमा घर बनाएर बसेका थिए । ब्यूरोको टोलीले बुधवार उनलाई चाँङ्गाथलीबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान र कारवाहीका लागी महानगरीय प्रहरी वृत्त कालीमाटीमा पठाइएको सीआईबीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण