बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

ज्यान मुद्दाका फरार आरोपी १६ वर्षपछि पक्राउ

बिहीबार, २८ साउन २०७८, १३ : ५५
बिहीबार, २८ साउन २०७८

काठमाडौंको कलंकीमा महिलाको हत्या गरेर फरार भएका एक जनालाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले १६ वर्षपछि पक्राउ गरेको छ । रामेछापको खाँडादेवी गाउँपालिका– ६ खत्रिगाउँ घर भएका गबहादुर खत्री उर्फ शिवजीलाई पक्राउ गरिएको केन्द्रिय अनुसन्धान ब्यूरोका एसपी श्याम कुमार महतोले रातोपाटीलाई बताए ।

२०६२ पुस ६ मा काठमाडौं–१६ कलंकी स्थित लामापाटीमा भगवती लामा अधिकारीलाई गबहादुरले आगोले जलाएका थिए । उपचारको क्रममा भगवतीको वीर अस्पतालमा पुस ७ मा मृत्यु भएको थियो । 

हत्यापछि फरार भएका ग बहादुर ललितपुर महालक्ष्मी नगरपालिका वडा नम्बर–७ चाँङ्गाथलीमा घर बनाएर बसेका थिए । ब्यूरोको टोलीले बुधवार उनलाई चाँङ्गाथलीबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान र कारवाहीका लागी महानगरीय प्रहरी वृत्त कालीमाटीमा पठाइएको सीआईबीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप