शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बेनेली ७५२एस मोटरसाइकलको नयाँ मोडल नेपाली बजारमा, पहिलो खरिदकर्ता ३ जनालाई १ लाख बढीको छुट

बिहीबार, २८ साउन २०७८, १३ : २७
बिहीबार, २८ साउन २०७८

काठमाडौं । इटालियन ब्रान्ड बेनेली ७५२एस मोटरसाइकल नयाँ मोडलका साथ नेपालमा सार्वजनिक भएको छ । 

बेनेलीको लागि केटीएम इन्टरनेशनल ट्रेडिङ नेपालको एकमात्र आधिकारीक बिक्रेताले उक्त मोटरसाइकल सार्वजनिक गरेको हो । केटीएमले सन् २०१६ देखिनै नेपाली बजारमा विभिन्न बेनेली मोडेलका मोटरसाइकलको मागलाई बिक्री तथा वितरण गरिरहेको छ । केटीएमले बेनेलीको पार्टपुर्जाहरुको पनि बिक्री वितरण गर्दै आइरहेको छ ।

त्यसैगरी, नेपालमा पहिलो पटक बेनेलीको नयाँ मोडल ७५२एस उत्कृष्ट डिजाइनका साथ आएको कम्पनीले जनाएको छ । 

कम्पनीले ७५२एसको खरिदमा पहिलो ३ जना ग्राहकलाई १ लाख १० हजारको छुट दिने जनाएको छ ।  बेनेली ७५२एसमा चारवटा स्ट्रोकको ७५० सीसी लिक्विड कुल्ड ट्वीन सिलिण्डरको इन्जिन, ७६ एचपीमा ८५००आरपीएम र ६७एनएममा ६५०० आरपीएम पावर एन्ड म्याक्सिमम टर्क जडान गरिएको छ । प्रत्येक सिलिण्डरमा ४वटा भल्भ भएको र इलेक्ट्रिक फ्युल इन्जेक्सनसँग डबल थ्रटल बडी रहेको छ । 

यसैगरी, हाइड्रोलिक ब्रेक, ब्रेम्बो ब्रेकिङ्ग सिस्टम, सेमी फ्लटिङ डेस्क, अगाडी फोर पिस्टन क्यालिपर तथा पछाडीतिर डबल पिस्टन फ्लटीङ क्यालिपर, १७ इन्च आल्मुनियम अले रिम, १२०÷७०–१७ र १८०÷५५–१७ आकारको टायर, १४.५ लिटर क्षमताका ट्याङकी रहेको कम्पनीले जनाएको छ । यो मोटरसाइकल सेतो, रातो, कालो तथा हरियो रङहरुमा उपलब्ध छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप