शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

क्लासिक भिल्लाको बैंकिङ पार्टनरमा ग्लोबल आइएमई बैंक, आवासीय घर कर्जा पनि प्रवाह गर्ने

बिहीबार, २८ साउन २०७८, १२ : ५७
बिहीबार, २८ साउन २०७८

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र क्लासिक भिल्ला बीच ग्राहकलाई सहुलियत ब्याजदरमा आवासीय घर कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

समझदारी पत्रमा ग्लोबल आइएमई बैंकका नायव महाप्रबन्धक सुरेन्द्रराज रेग्मी र क्लासिक भिल्लाका अध्यक्ष बाबुराजा महर्जनले हस्ताक्षर गरेका छन् । 

उक्त समझदारी अनुसार बैंकले क्लासिक भिल्लाले ललितपुर महानगरपालिका वडा नं २३ धापाखेल निर्माण गर्ने आवासीय घर परियोजनामा घर÷जग्गा खरिद गर्न चाहने नेपाली नागरिकहरुलाई सहुलियत ब्याजदरमा घर कर्जा प्रवाह गर्नेछ । यसका साथै ग्लोबल आइएमई बैंक क्लासिक भिल्लाले निमार्ण गर्ने परियोजनाको बैकिङ्ग पार्टनरको रुपमा पनि रहने छ ।

आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई लाभान्वित गर्दै आएको छ । हाल बैंकले घर कर्जाको लागि ७.९९ प्रतिशत (प्रिमियम सहित)को आकर्षक ब्याजदरमा बिशेष घर कर्जा योजना सिमित अवधिको लागि संचालन गरिरहेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप