न्युजिल्यान्डको सीमा यस वर्षको अन्त्यसम्म बन्द रहने

न्युजिल्यान्डको सीमा यस वर्षको अन्त्यसम्म बन्द नै रहने भएको छ । प्रधानमन्त्री जाकिन्डा अर्डेनले कम्तिमा आगामी डिसेम्बरसम्म सीमा बन्द रहने बताइन् । उनले देशको अर्थतन्त्र खुला राख्न र कोभिड १९ लाई बाहिरै राख्नका लागि यो रणनीति राम्रो उपाय हुने बताइन् ।
उनले यस वर्षको अन्त्यसम्म सम्पूर्ण जनसंख्यालाई खोप लगाउने प्राथमिकतामा जोड दिइन् । कोरोना भाइरस नियन्त्रण गर्न सफल विश्वका देशहरुमध्ये न्युजिल्यान्डलाई एकका रुपमा हेरिएको छ । अहिलेसम्म यहाँ केवल २६ जनाको मात्रै निधन भएको छ । ‘हामी अहिले पनि पूर्ण रुपमा ख’ला गर्नसक्ने अवस्थामा आइसकेका छैनौं,’ न्युजिल्यान्डको सीमा खोल्दै बाँकी विश्वसँग सम्पर्क स्थापित गर्ने विषयमा अर्डेनले भनिन्, ‘जब हामीले यस्तो कदम चाल्नेछौँ । तब हामी सचेत र प्रतिबद्ध हुनेछौं । किनकी, हामी आत्मविश्वास र सकेसम्म सुनिश्चित भएर अघि बढ्न चाहन्छौं ।’
उनले अगामी वर्ष देशको सीमा खुला हुने र कम जोखिम भएका देशबाट खोप लगाएका यात्रुहरु क्वारेन्टाइन नबसी न्युजिल्यान्ड छिर्नसक्ने आशा व्यक्त गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असल कर्जाको प्रोभिजनिङ दर घट्यो, बैंकहरुको साढे ४ अर्ब नाफा बढ्ने
-
मौद्रिक नीतिको समीक्षा : विद्युतीय सवारी साधन किन्न ऋणमा कडाइ
-
मौद्रिक नीतिको समीक्षा : विद्युतीय सवारी साधन किन्न ऋणमा कडाइ
-
अब गैरबैंकिङ वित्तीय संस्था सम्पत्ति शुद्धीकरणको दायरामा
-
जग्गामा लफडा, ऋषिङ गाउँपालिका अध्यक्षले कुटे पूर्वसांसदका छोरा
-
जय शम्भो ! पशुपतिमा मस्त बाबा, तस्बिरहरू