शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

तोलामा ६०० ले बढ्यो सुनको मूल्य

बिहीबार, २८ साउन २०७८, १२ : २३
बिहीबार, २८ साउन २०७८

नेपाली बजारमा बिहीबार सुनको मूल्य वृद्धि भएको छ । बुधबार तोलामा ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार ६०० रुपैयाँ बढेर तोलामा ८९ हजार ४०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार बिहीबार तेजाबी सुन तोलामा ८८ हजार ९५० रुपैयाँमा कारोबार भएको छ । 
यसैबीच चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधबार तोलामा ११९० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार पनि सोही मूल्यमा कारोबार भएको हो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप