लोकतन्त्रप्रेमी युवालाई एउटै एजेन्डामा एकाकार हुन अध्यक्ष बस्नेतको आह्वान
बिहीबार, २८ साउन २०७८, ११ : ५९

नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले लोकतन्त्र प्रेमी युवालाई एउटै एजेन्डामा एकाकार हुन आह्वान गरेको छ। अन्तराष्ट्रिय युवा दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै तरुण दल अध्यक्ष जीतजंग बस्नेतले यस्तो आह्वान गरेका हुन् ।
‘संविधान र लोकतन्त्रको संरक्षण गर्दै नेपालको आर्थिक विकास र समृद्धि पथमा मुलुकलाई अगाडि बढाउन नेपाली कांग्रेसको काँधमा आइपरेको जिम्मेवारीलाई सहर्ष पूरा गर्न नेपाल तरुण दल केन्द्रीय समिति यसै शुभकामना सन्देशमार्फत सम्पूर्ण लोकतन्त्रप्रेमी युवालाई एउटै एजेन्डामा एकाकार हुन आव्हान गर्दछ,’ शुभकामना सन्देशमा भनिएको छ।
युवाको सहभागिता र संलग्नता बिना संसारका कुनै पनि परिवर्तनहरुले संस्थागत रुप लिएर दिगो हुन नसकेको बस्नेतको भनाइ छ । युवा वर्तमानको साक्षी र भविष्यको मेरुदण्ड भएको बस्नेतले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् राप्रपाको प्रदर्शन
-
६ वर्षमा १०औँ प्रमुख प्रशिक्षकको खोजीमा पाकिस्तान क्रिकेट बोर्ड
-
शिक्षकहरू १९ दिनदेखि आन्दोलनमा : अभिभावक सङ्घले गुहार्यो मानवअधिकार आयोग
-
दुई दिने धर्म, संस्कृति सम्मेलन आयोजना गरिँदै
-
राजधानीमा आन्दोलन : सर्वसाधारणलाई सास्ती
-
‘उपेक्षित, उत्पिडित र दलित वर्ग उत्थान विकास समिति’ सञ्चालन गर्नुपर्ने माग