फिल्म क्षेत्र चलायमान बनाउन प्रचण्डको ध्यानाकर्षण

चलचित्र कलाकार संघका पुर्व अध्यक्ष तथा नायक, निर्माता नवल खड्काले पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्व सभामुख कृष्णबहादुर महरालाई भेटेर फिल्म क्षेत्र चलायमान गराउन विषेश पहल गरिदिन आग्रह गरेका छन् ।
बुधबार प्रचण्ड निवास खुमलटार पुगेर अभिनेता खड्काले लकडाउन र निषेधाज्ञाका कारण धराशयी बनेको फिल्म क्षेत्रलाई चलायमान बनाउन र नेपाली मौलिक फिल्महरूको प्रवद्र्धनका लागि विशेष पहल गरिदिन आग्रह गरेका थिए । उक्त अवसरमा खड्काले समग्र फिल्म क्षेत्रको समस्या र चुनौतीको बिषयमा समेत व्याख्या गर्दै प्रचण्डलाई चलचित्र क्षेत्रलाई उठाउन राज्यको विशेष अनुसन्धानको आवश्यक रहेको जानकारी गराए ।
सिमानामा काँडेतार अभियानका संयोजक समेत रहेका खड्काले प्रचण्डसँग राष्ट्रियता संकट पर्ने एमसीसीको बिषयमा समेत आफ्नो धारणा राख्दै भ्रष्टाचारका बिषयमा पनि ध्यानाकर्षण गराएका थिए । पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले फिल्म क्षेत्रका समस्याबारे आफू गम्भिर रहेको बताउँदै आफ्नो तर्फबाट पूर्ण सहयोग रहने बचन दिएको अभिनेता खड्काले जानकारी दिए । पूर्व सभामुख महराले फिल्म क्षेत्र चलायमान बनाउन विशेष अनुदानका लागि आफूले पहल गर्ने बचन दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्डद्वारा सहिद स्मृति सामुदायिक विकास केन्द्रको अवलोकन
-
अम्पायरले किन सुनिल नारिनलाई उनको ब्याटले खेल्न दिएनन् ?
-
सुनको मूल्य २७०० रुपैयाँ बढ्यो, भाउ हालसम्मकै उच्च
-
५२ संवैधानिक नियुक्तिविरुद्धको मुद्दा प्रधानन्यायाधीशसहितको पूर्ण इजलासमा
-
मुग्लिङ–पोखरा सडक खण्ड विस्तार धमाधम (तस्बिरहरू)
-
रासन लिन २०० माइल यात्रा गर्नुपर्ने अमेरिकाकै दुर्गम ठाउँमा किन बस्छिन् यी महिला ?