१६ वर्षपछि भुवन र शिव एउटै फिल्ममा

निर्देशक शोभित बस्नेतको ३१ औं फिल्म ‘डाँडाको बरपीपल’मा अभिनेता भुवन केसीको पनि अभिनय रहने भएको छ । फिल्म अभिनयको विषयमा निर्माण युनिटले भुवनसँग हालै सम्झौता गरेको छ । निषेधाज्ञाका कारण छायाँकन अगाडि बढ्न नसकेको फिल्मको भदौ ५ बाट छायांकन सुरु हुँदैछ । फिल्म काठमाडौं र चित्लाङ आसपासमा खिचिने निर्माण युनिटले जनाएको छ ।
भुवनको अलवा शिव श्रेष्ठ, गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा, विनोद न्यौपाने, राजीवजंग बस्नेत, अस्मिता जुरेली, अस्मि थापा, ज्ञानकुमार कटेलको अभिनय रहने फिल्मको छायाँकन अवधि ६० दिन राखिएको छ । करिब १६ वर्षपछि भुवन र शिवले यसै फिल्ममार्फत सहकार्य गर्न लागेका हुन् । यी दुई अभिनेताले वि.सं. २०६२ सालमा फिल्म ‘राजु राजा राम’मा सँगै काम गरेका थिए ।
बुढासुब्बा ओर्जिनलको प्रस्तुतिमा निर्माण हुने फिल्मका निर्माता नवराज गिरी हुन् । रामकाजी घिमिरेको लेखन रहने फिल्ममा सुशान्त प्रजापतिको छायाँकन, शिव मुखिया/एलिस कार्कीको संगीत, रोशन श्रेष्ठको द्वन्द्व, रामजी लामिछानेको कोरियोग्राफी रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डीएलएद्वारा नेपाल बारको निर्वाचन समिति कार्यालय घेराउ
-
समितिमा रहेका विधेयक चैत मसान्त भित्रै प्रतिनिधि सभामा पेस गर्न अर्थमन्त्री पौडेलको आग्रह
-
स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्नेमा ध्यान केन्द्रित गर्नुपर्छ : राष्ट्रपति पौडेल
-
चिकित्सक र नर्सको पारिश्रमिक बढाउने तयारी
-
वसन्त ऋतुको आगमनसँगै फक्रिए चेरी र आरुका फूल (तस्बिरहरू)
-
जसपा नेपाल बैठक : तीन दिनदेखि अभियानमाथि छलफल