मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

मकवानपुरमा ५ हजार बढीले लगाए दोश्रो खोप

बुधबार, २७ साउन २०७८, २१ : २९
बुधबार, २७ साउन २०७८

मकवानपुरमा बुधबारबाट कोरोनाविरुद्धको कोभिसिल्ड खोपको दोस्रो मात्रा प्रदान गरिएको छ । कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका मकवानपुरका करिब १३ हजार ४ सय ८० जना नागरिकहरुलाई दोस्रो डोज लगाउन सुरु गरिएको हो ।

मकवानपुरको दुईवटा पालिकाले बुधबार कोरोनाविरुद्धको कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्राको रुपमा एस्ट्राजेनेका खोप प्रदान गरेको हो । मकवानपुरको भीमफेदी गाउँपालिकाले कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका ५ सय ९८ जनालाई दोस्रो मात्राका रुपमा एष्ट्राजेनेका खोप लगाएको छ भने हेटौंडा उपमहानगरपालिकाले ४ हजार ६ सय ५९ जना गरि कुल ५ हजार २ सय ४७ जनालाई एष्ट्राजेनेका खोप लगाएको छ ।

गत २०७७ माघबाट सुरु भएको खोप अभियानदेखि हालसम्म विभिन्न समयमा गरी कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका उनीहरुलाई एस्ट्राजेनेका खोप लगाउन सुरु गरिएको स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिए ।

उनका अनुसार अन्य पालिकाहरुले आफ्नो खोप तालिका अनुसार सम्बन्धित वडाको स्वास्थ्य संस्थाहरूबाट खोप लगाउने तयारी थालेका छन् । मकवानपुरको लागि प्राप्त भएको १६ हजार डोज खोपमध्ये १५ हजार १ सय २० डोज स्थानीय तहलाई वितरण गरिएको सूचना अधिकारी घिमिरेले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप