शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

माली मिसनमा नेपाली शान्ति सैनिकहरूको अदली–बदली

बुधबार, २७ साउन २०७८, २१ : २२
बुधबार, २७ साउन २०७८

संयुक्त राष्ट्रसंघीय शान्ति मिसन मालीमा खटिएका नेपाली शान्ति सैनिकहरूको अदली बदली शुरु भएको छ । ‘मिनुस्मा मिशन’ मालीमा तैनाथ इओडी गुल्म सातौं डफ्फालाई बदली गर्न प्रमुख सेनानी संगित पुन नेतृत्वमा टोली मंगलबार त्यसतर्फ प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । इओडी गुल्म आठौं डफ्फाका १ सय ३९ जनाको टोली राष्ट्रसंघको चार्टर्ड फ्लाइट माार्फत मिशन इलाकामा प्रस्थान गरेका हुन् ।

मालीमा आफ्नो कार्यकाल पुरा गरेर सेनानी निर्मल खड्का नेतृत्वमा ९७ जना शान्ति सैनिक पहिलो उडानमार्फत  साउन २६ मा काठमाडौं आएका छन् । सैनिक अदली–बदली गर्दा कोभिड–१९ जोखिमका कारण सम्पूर्ण सुरक्षा सतर्कता पालना गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप