शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

करणी मुद्दाका प्रतिवादीलाई छुटाइदिने भन्दै १ करोड माग्ने व्यक्ति पक्राउ

बुधबार, २७ साउन २०७८, २१ : ०२
बुधबार, २७ साउन २०७८

जबरजस्ती करणी मुद्दाका प्रतिवादीलाई छुटाई दिने प्रलोभन देखाएर मोटो रकम लिएको आरोपमा प्रहरीले पोखराबाट एक जनालाई पक्राउ गरेको छ । आफ्नो प्रहरी, वकिल र अदालतसँग सेटिङ भएकाले जबरजस्ती करणी मुद्दा मिलाइदिने भन्दै रकम ठगी गरेर फरार रहेका पोखरा सराङकोटका ४९ वर्षीय भोजराज त्रिपाठीलाई प्रहरीले पक्राउ गरेको हो । उनी गत वर्षदेखि फरार रहँदै आएका थिए ।

करणी गरेको अभियोगमा पक्राउ परेकालाई १ करोड रुपैयाँ दिए मुद्दा मिलाइदिने भन्दै १२ लाखको चेक र १ लाख १० हजार नगद लिएर ठगी गर्ने सुर्यलाल खड्का र कमन भन्ने कमानबहादुर तामाङलाई तत्कालै राष्ट्र बैंक चोकस्थित एक खाजा घरबाट गतवर्ष नै प्रहरीले पक्राउ गरेको थियो । तर,सोही घटनामा संलग्नता रहेको खुलेका त्रिपाठी भने फरार रहँदै आएका थिए । 

त्रिपाठीलाई पक्राउ गरी कास्की जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय कास्की प्रहरीले जनाएको छ । निज अभियुक्तलाई ठगी र जबरजस्ती करणी कसुरमा मिलापत्र गर्न गराउन नहुने मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप