शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

इरानका नयाँ राष्ट्रपतिद्वारा प्रस्तावित मन्त्रीहरूको नाम संसदमा पेस

बुधबार, २७ साउन २०७८, २० : ३५
बुधबार, २७ साउन २०७८

इरानका नवनिर्वाचित राष्ट्रपति इब्राहिम रायसीले आफूले मन्त्रीमा नियुक्त गर्न लागेका व्यक्तिहरूको नामावली संसद्मा पेस गरेका छन् । राष्ट्रपतिले मन्त्री बनाउन चाहेको प्रस्ताव नामावलीसहित संसद्मा पेस गरी पारित गर्नुपर्ने भएकाले उनले नामावलीसहितको प्रस्ताव बुधबार संसद्मा पेस गरेका हुन् । 

उनले होसेन अमिर अब्दुल्लाहिनलाई देशको विदेश मन्त्री बनाउन प्रस्ताव गरेका छन् । उनी यसअघि उपविदेश मन्त्री भएका थिए । त्यति बेला उनले अफ्रिकी मुलुक र अरबी मुलुकहरू तर्फ बढी केन्द्रित भएका थिए ।

त्यसैगरी जाभाद ओजीलाई राष्ट्रपति रायसीले पेट्रोलियम मन्त्री नियुक्त गर्न चाहेको प्रस्ताव संसदसमक्ष पेस गरेका छन् । उनी यसअघि इरानको राष्ट्रिय ग्यास उद्योगको प्रमुख भएका थिए । संसद्मा प्रस्तावित मन्त्रीहरूको बारेमा जानकारी गराइने र त्यसमाथि छलफल भई मतदान मार्फत पारित गरिने अधिकारीहरूले जनाएका छन् ।   नयाँ राष्ट्रपतिका रूपमा रायसीले भने यही अगस्त ५ तारिखका दिन संसद्समक्ष शपथ ग्रहण गर्दै जिम्मेवारी सम्हालेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप