कोरोनाका कारण बागमतीमा थप ११ को मृत्यु
बुधबार, २७ साउन २०७८, २० : २०

बागमती प्रदेशमा कोरोना संक्रमणका कारण थप ११ जनाको मृत्यु भएको छ । संक्रमणबाट पछिल्लो २४ घण्टामा प्रदेशका ५ जिल्लामा ४ जना महिला र ७ जना पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालय बागमती प्रदेशले जनाएको छ ।
मन्त्रालयका अनुसार संक्रमणका कारण मृत्यु हुनेमा सबैभन्दा बढी चितवनका रहेका छन् । चितवनमा ३ जना पुरुष र एक महिला गरि ४ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. पुरुषोत्तम सेढाईले जानकारी दिए ।
त्यस्तै डा. सेढाईँका अनुसार काठमाडौंका ३ जना पुरुष, दोलखा, काभ्रे र ललितपुरका एक÷एक जना महिला र मकवानपुरका एक पुरुष संक्रमितको मृत्यु भएको हो ।
मृत्यु हुनेमा २६ वर्षदेखि ७५ वर्ष उमेर समुहका व्यक्ति रहेका छन् ।
यससँगै बागमती प्रदेशमा कोरोनाका कारण ४ हजार १ सय ४४ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदी वार्ता : युक्रेन ३० दिने युद्धविरामका लागि अमेरिकी प्रस्ताव मान्न तयार
-
क्यानाडालाई स्टील र आल्मुनियममा ५० प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
-
पेरिस पुगेर फ्रान्सेली नागरिकलाई पर्यटनमन्त्री पाण्डेलेले दिए नेपाल भ्रमणको निम्तो
-
स्ववियु निर्वाचन : देशभर अधिकांश क्याम्पसमा उम्मेदवारी दर्ता, काठमाडौंमा शङ्करदेवसहित ७ क्याम्पसमा विवाद
-
१२ बजे, १२ समाचार : राष्ट्रिय सुरक्षा चुनौतीबारे प्रधानमन्त्री ओलीको चिन्तादेखि चैते धानको मूल्य निर्धारणसम्म
-
श्रीमतीसँग झगडा परेपछि हराएका महर्जन १७ दिनपछि शिवपुरी जङ्गलमा भेटिए मृत