बेलायतमा कोरोनाबाट पाँच महिनापछि सबैभन्दा धेरै मृत्यु

कोरोना महामारीमा थप शक्तिशाली रुपमा देखापरेको ‘इन्डियन कोभिड भेरिएन्ट’को सङ्क्रमण बेलायतमा पछिल्ला केही हप्तामा तीव्र रुपमा बढ्न थालेको छ । यहाँका अधिकारीले दिएको जानकारीअनुसार बेलायतमा पाँच महिनापछि सबैभन्दा धेरै नागरिकको कोभिडका कारण निधन भएको बताइएको छ ।
यहाँ गएको २४ घन्टामा १४६ जनाको यो सङ्क्रमणबाट निधन भएको छ । यो संख्या गएको मार्चको १२ तारिख पछिकै सबैभन्दा धेरै हो । उता अधिकारीले गत हप्ताको तुलनामा यसको सङ्क्रमण दुई गुणाले बढेको तथ्याङ्कले देखाएको बताएका छन् । बेलायती स्वास्थ्य मन्त्रालयले मंगलबार मात्र यहाँ २४ घन्टामा १४६ जनाको कोरोनाका कारण ज्यान गएको बताएको छ ।
यो समेत गरी यहाँ अहिलेसम्म कोरोना भाइरसबाट एक लाख ३० हजारभन्दा बढीको ज्यान गएको छ । यहाँ पछिल्लो समयमा मृत्युको संख्या बढ्न थालेको बताइएको छ । कोरोनाविरुद्धको खोपका कारण इन्डियन भेरिएन्टबाट सुरक्षित हुन सतर्कता अपनाउन यहाँको सरकारले भनिरहेको छ । यहाँ सङ्क्रमणको दर पनि बढ्दै गएको देखिएको छ ।
स्वास्थ्य अधिकारीले गएको २४ घन्टामा यहाँ २३ हजारभन्दा बढीमा कोरोनाको सङ्क्रमण देखिएको छ ।यो समेत गरी अहिलेसम्म यहाँ यो सङ्क्रमणबाट ६१ लाखभन्दा बढी सङ्क्रमित भएका छन् । बेलायत सरकारले कोरोना विरुद्धको खोप कार्यक्रमलाई पनि प्राथमिकतामा राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल नर्सिङ परिषदद्वारा पीसीएल नर्सिङ र बीएस्सी नर्सिङ नाम दर्ता परीक्षाको नतिजा प्रकाशित
-
काभ्रेका ९५ प्रतिशत बालिकाले लगाए ‘एचपीभी’ खोप
-
१० जना प्रहरीको नाममा प्रधान कार्यालयले निकाल्यो सूचना
-
शान्ति सुरक्षा भङ्ग हुनसक्ने परिस्थिति उत्पन्न भएको भन्दै ताप्लेजुङमा कर्फ्यु
-
च्याम्पियन्स ट्रफी : इंग्ल्याण्डविरुद्ध अस्ट्रेलियाको कीर्तिमानी जित
-
दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची