आन्तरिक मामिला तथा सञ्चार मन्त्री साहद्वारा नेपाल प्रहरीलाई सवारी साधन हस्तान्तरण
आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले नेपाल प्रहरीलाई ४ करोड रुपैयाँ भन्दा बढीको सवारी साधन हस्तान्तरण गरेका छन् । बुधवार जनकपुरधाममा भएको एक कार्यक्रम बीच मन्त्री साहले नेपाल प्रहरीलाई ४ करोड २५ लाख रुपैयाँ मूल्य बराबरको सवारी साधन हस्तान्तरण गरेको हो । सो सवारी साधनसँगै ड्रोन क्यामेरा, वारुण यन्त्र, मोबाइल पिकअप भ्यानलगायत सामग्री समेत नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले जनाएको छ ।
मन्त्री साहले शान्ति सुरक्षा व्यवस्था कायम गर्नका लागि नेपाल प्रहरीलाई थप सहयोग पुग्ने बताए । उनले आपत् विपत्मा परेकालाई सहयोग गर्न पनि सघाउनमा प्रहरीलाई सहयोग हुनेमा विश्वास व्यक्त गरे ।
यस्तै आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले आपत्कालीन कार्य सञ्चालन केन्द्र समेत स्थापना गरि सञ्चालनमा ल्याउने भएको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्री साहले प्रदेश स्तरमा आपत्कालीन कार्य सञ्चालन केन्द्र सञ्चालनमा ल्याउने निर्णय गरेको बताए ।
उनले यसका लागि आवश्यक जनशक्ति उपलब्ध गराउन चार वटै सुरक्षा निकायलाई अपिल समेत गरेका छन् । आपत् कालिन कार्य सञ्चालन केन्द्र खटिएका जनशक्तिका लागि आवश्यक व्यवस्थापन मन्त्रालयले गर्ने उनले स्पष्ट पारे ।
मन्त्रालयले कोरोनाको तेस्रो लहर आउन सक्ने अनुमान गर्दै यसको रोकथाम नियन्त्रण तथा न्यूनीकरणका लागि आवश्यक व्यवस्था गर्न सबै सुरक्षा निकायलाई मन्त्री साहले निर्देशन दिएको छ ।
हस्तान्तरण कार्यक्रममा २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामलाई एक थान ड्रोन क्यामरा, २ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र जनकपुरधामलाई एक थान वारुण यन्त्र, २ नम्बर प्रदेश दङ्गा नियन्त्रण प्रहरी गण ढल्केवरलाई एक थान वारुण यन्त्र, २ नम्बर प्रदेश प्रहरी सशस्त्र प्रहरी गण जनकपुरधामलाई एक थान वारुण यन्त्र र प्रदेश विपद् व्यवस्थापन गुल्म वीरगन्जलाई एक थान वारुण यन्त्र वितरण गरिएको छ । त्यस्तै इलाका प्रहरी कार्यालय प्रसौनी बारालाई एक थान मोबाइल पिकअप भ्यान, इलाका प्रहरी कार्यालय मिर्चैया सिरहालाई एक थान मोबाइल पिकअप भ्यान, इलाका प्रहरी कार्यालय रामगोपालपुर महोत्तरीलाई एक थान मोबाइल पिकअप भ्यान, इलाका प्रहरी कार्यालय सबैला धनुषालाई एक थान मोबाइल पिकअपन भ्यान र प्रदेश प्रहरी तालिम केन्द्र सम्पर्क कार्यालय राजविराजलाई एक थान टु–टन सवारी साधन हस्तान्तरण गरिएको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा
-
१० बजे, १० समाचार : रविलाई ३ वटा मुद्दा, जग्गा विवादमा एमालेलाई राहत
-
नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको अवस्थाबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह
-
एनआरएनए उच्चस्तरीय समिति बैठक : एकताका लागि दुई निर्णय