मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

एसवाईएम एनएचटी२०० नेपाली बजारमा, केजीले नयाँ शोरुमसँगै बिहीबार बाइक सार्वजनिक गर्दै

बुधबार, २७ साउन २०७८, १९ : ०३
बुधबार, २७ साउन २०७८

काठमाडौं । केजी इन्टरकन्टिनेन्टलले नेपाली बजारमा भित्र्याएको एसवाईएम (एसवाईएम) कम्पनीको मोटरसाइकलको शोरुम बिहीबार उद्घाटन हुने भएको छ । एसवाईएम बाइक भित्रिएसँगै कम्पनीले पहिलो शोरुम कमलपोखरीस्थित कृष्ण पाउरोटी चोकमा सञ्चालनमा ल्याउन लागेको हो । शोरुम शुक्रबार भर्चुअल कार्यक्रम गरी उद्घाटन गर्न लागिएको जनरल म्यानेजर प्रमिला खत्रीले जानकारी दिइन् ।

एसवाईएम ताइवानको उत्पादन हो । यो ब्रान्ड अन्तर्राष्ट्रिय बजारमा लोकप्रिय रहेको खत्रीले बताइन् । पहिलो चरणमा कम्पनीले एसवाईएम एनएचटी२०० बाइक नेपाली बजारमा भित्र्याएको छ । अन्य देशमा जस्तै यो मोटरसाइकल नेपाली बजारमा पनि लोकप्रिय हुने कम्पनीले विश्वास लिएको छ ।

यो बाइक १८३ सीसीमा बजारमा उपलब्ध छ । एफआई इन्जिन, लिक्विड कुलिङ इन्जिन, सिट हाइट ८१० एमएम, फ्युल ट्याङक ११ लिटर लगायतका विशेषता यसमा छन् । अत्याधिक पावर १३.५ किलोवाट, ८५०० आरपीएम, अत्याधिक टर्क १५.७ एमएम र ७५०० आरपीएम छ । ६ वटा गियर स्पिड, डवल च्यानल एबीएस ब्रेकिङ सिस्टम लगायतका विशेषता यो मोटरसाइकलमा रहेका छन् । अगाडिको टायर साइज १००/९०–१९ र पछाडिको टायर साइज १३०÷८०–१७ रहेको खत्रीले जानकारी दिइन् । यो बाइकमा फुल एलइडी लाइट छ । १२५ किमी पर आवर हाइ स्पिड क्षमता छ । बाइकको माइलेज पनि राम्रो रहेको कम्पनीले जनाएको छ ।

कमलपोखरीसँगै कम्पनीले चाबहिल, संखुवासभा र इलाममा पनि शोरुम सञ्चालनमा ल्याउँदैछ । देशभर शोरुम विस्तार गरिने खत्रीले बताइन् । पहिलो चरणमा टेष्ट ड्राइभ गर्न सकिने र बुकिङ गर्ने ग्राहकलाई छिट्टै बाइक उपलब्ध गराउने कम्पनीले जनाएको छ । यो बाइकको मूल्य नेपाली बजारमा ६ लाख रुपैयाँ तोकिएको छ । पहिलो सय जना ग्राहकले ५ लाख ४८ हजार ८ सय ८८ रुपैयाँमा बाइक खरिद गर्न सक्नेछन् । रेड, ब्राउन, ब्लु र ब्ल्याक कलरमा बाइक उपलब्ध छ ।

स्पेयर्स पार्टस्समेत नेपाली बजारमा ग्राहकले सुपथ मूल्यमा प्राप्त गर्नसक्ने खत्रीले जानकारी दिइन् । बिक्री पछिको सेवालाई मध्यनजर गर्दै पाँच ठाउँमा कम्पनीले सर्भिस सेन्टर सञ्चालनमा ल्याइसकेको छ । एक वर्षभित्र नेपाली बजारमा एक हजार बाइक बिक्री गर्ने लक्ष्य लिएको कम्पनीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप