गण्डकीमा ६८० जनामा कोरोना संक्रमण पुष्टि, थप ५ जनाको मृत्यु

गण्डकी प्रदेशमा थप ६८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा १ हजार २५६ जनामा गरिएको नमूना परीक्षणमा ६८० जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये ३२८ महिला र ३५२ जना पुरुष रहेका छन् ।
प्रदेशका ८ जिल्लामा गरिएको नमूना परीक्षणमा सबैभन्दा धेरै कास्कीमा र सबैभन्दा थोरै मुस्ताङमा संक्रमित भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । उनका अनुसार कास्की १९७, बागलुङ ८४, स्याङ्जा ६८, मुस्ताङ १,म्याग्दी १०, पर्वत ८८,गोरखा १२१, लमजुङ २३ तनहुँमा ३८ र नवलपुरमा ५४ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७३ हजार ८६१ पुगेको छ ।
गण्डकी प्रदेशका विभिन्न अस्पतालमा उपचाररत ५ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण उपचारका क्रममा मृत्यु हुनेमा पोखरा–२८ का ७९ वर्षीय पुरुष, स्याङजा वालिङ–७ की ७२ वर्षीय महिला, वालिङ–९ की ३५ वर्षीय महिला, बागलुङ जैमिनी–३ की ५५ वर्षीय महिला, तनहुँ ब्यास नगरपालिका–१४ का ५१ वर्षीय पुरुषको मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १५४ जना पुगेको छ ।
गण्डकी प्रदेशमा हालसम्म ६६ हजार ५७५ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । प्रदेशमा आइतबार मात्र संक्रमणमुक्त हुनेको संख्या ५१९ रहेको छ । गण्डकीमा सक्रिय कोरोना संक्रमितको संख्या ६ हजार १३२ रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङमा ‘लाइदिऊँ कि माया टुनामुना पो’ र ‘माया बस्यो है’को छायाङ्कन
-
स्थानीय खानेकुरालाई प्रवर्द्धन गर्न जरुरी छ : मेयर शाह
-
नेपालीमा नकारात्मक सोच बढ्यो, स्वजागरणले सकारात्मक बनाउँछ : सभामुख
-
आरतीलाई बैठकस्थलबाट निकालेको छैन : नेकपा एकीकृत समाजवादी
-
द्वारिकादेवी ठकुरानी : प्रथम महिला उपमन्त्री जसलाई बीपीले घरमै पठाइदिएका थिए टिकट
-
कांग्रेसको स्पष्टीकरण पत्रपछि मन्त्री रायको असन्तुष्टि – राजनीतिक पूर्वाग्रह राखियो