त्रिविको डिन कार्यालयमा विद्यार्थीले गरे तालाबन्दी

कोरोना संक्रमणका कारण अनलाइन वा वैकल्पिक विधिबाट परीक्षाको माग गर्दै विद्यार्थीहरुले त्रिभुवन विश्वविद्यालयको डीनको कार्यालयमा तालाबन्दी गरेका छन् । बुधबार कम्प्युटर विज्ञान तथा सूचना प्रविधि अध्ययन गर्ने विद्यार्थीहरुको समूहले अनलाइन विधिबाट परीक्षाको माग गर्दै त्रिविको विज्ञान प्रविधि अध्ययन संस्थानमा तालाबन्दी गरेका हुन् ।
उनीहरुले माग पुरा गर्न भन्दै नारा जुलुस समेत गरेका थिए । कोरोना संक्रमणको जोखिमलाई ध्यान दिँदै अनलाइन विधिबाट परीक्षा गर्न विश्वविद्यालयका डिन विनिल अर्याल र रेक्टर शिवलाल भुसाललाई ज्ञापनपत्र बुझाएको तर उनीहरुले कुनै प्रतिक्रिया नदिएपछि डीनको कार्यालयमा तालाबन्दी गरेको सिएसआटी एसोशियसन अफ नेपालका महासचिव आशिष गिरीले रातोपाटीलाई जानकारी दिए ।
उनले भने– ‘हामीले भिसी र डिनलाई ज्ञापनपत्र दिँदा पनि कुनै प्रतिक्रिया नदिएका कारण आज आन्दोलनका कार्यक्रम अन्तरगत विरोध प्रदर्शन गर्दै तालाबन्दी गरेका छौँ । हामीले कारोना संक्रमणको जोखिम भएका कारण अनलाइन वा वैकल्पिक विधिबाट परीक्षा गर्न प्रधानमन्त्रीको कार्यालयका साथै त्रिभूवन विश्वविद्यालय अन्तरगत भिसी, रेक्टर र डिन कार्यालयमा ज्ञापनपत्र बुझायौँ तर हाम्रो माग सुनुवाई भएन् ।’
डिन कार्यालयले सिस्टम बनाएर अनलाइन विधिबाट परीक्षा लिने विधि तयार पारेको बताएको र सिएसआटी विषयमा अध्ययन गरिरहेका विद्यार्थीहरु अनलाइन परीक्षा दिन तयार रहेको उनको भनाई छ । माग पूरा नगरे निरन्तर आन्दोलन गर्ने गिरीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हङकङसँग २ रनले हार्यो नेपाल
-
श्रम तथा रोजगार सम्मेलन : १० वर्षपछि कोही पनि वैदेशिक रोजगारीमा जान नपर्ने अवस्था ल्याउने सरकारको लक्ष्य
-
कुलमानको स्पष्टीकरण पत्र क्याबिनेटमा मात्रै खोलिने, ऊर्जा सचिव भन्छन्– अब हाम्रो भूमिका छैन
-
काठमाडौँका यी स्थानमा २ महिने निषेधाज्ञा
-
नागरिक उन्मुक्तिसँग एकीकरण गर्ने जनमतको निर्णय
-
प्रचण्ड र माधवले एकैसाथ भने– मुटु हल्लिएको छैन, इतिहासको रथ पछि फर्किँदैन