सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

त्रिविको डिन कार्यालयमा विद्यार्थीले गरे तालाबन्दी

बुधबार, २७ साउन २०७८, १७ : ५८
बुधबार, २७ साउन २०७८

कोरोना संक्रमणका कारण अनलाइन वा वैकल्पिक विधिबाट परीक्षाको माग गर्दै विद्यार्थीहरुले त्रिभुवन विश्वविद्यालयको डीनको कार्यालयमा तालाबन्दी गरेका छन् । बुधबार कम्प्युटर विज्ञान तथा सूचना प्रविधि अध्ययन गर्ने विद्यार्थीहरुको समूहले अनलाइन विधिबाट परीक्षाको माग गर्दै  त्रिविको विज्ञान प्रविधि अध्ययन संस्थानमा तालाबन्दी गरेका हुन् ।

उनीहरुले माग पुरा गर्न भन्दै नारा जुलुस समेत गरेका थिए । कोरोना संक्रमणको जोखिमलाई ध्यान दिँदै अनलाइन विधिबाट परीक्षा गर्न विश्वविद्यालयका डिन विनिल अर्याल र रेक्टर शिवलाल भुसाललाई ज्ञापनपत्र बुझाएको तर उनीहरुले कुनै प्रतिक्रिया नदिएपछि डीनको कार्यालयमा तालाबन्दी गरेको सिएसआटी एसोशियसन अफ नेपालका महासचिव आशिष गिरीले रातोपाटीलाई जानकारी दिए । 

उनले भने– ‘हामीले भिसी र डिनलाई ज्ञापनपत्र दिँदा पनि कुनै प्रतिक्रिया नदिएका कारण आज आन्दोलनका कार्यक्रम अन्तरगत विरोध प्रदर्शन गर्दै तालाबन्दी गरेका छौँ । हामीले कारोना संक्रमणको जोखिम भएका कारण अनलाइन वा वैकल्पिक विधिबाट परीक्षा गर्न प्रधानमन्त्रीको कार्यालयका साथै त्रिभूवन विश्वविद्यालय अन्तरगत भिसी, रेक्टर र डिन कार्यालयमा ज्ञापनपत्र बुझायौँ तर हाम्रो माग सुनुवाई भएन् ।’

डिन कार्यालयले सिस्टम बनाएर अनलाइन विधिबाट परीक्षा लिने विधि तयार पारेको बताएको र सिएसआटी विषयमा अध्ययन गरिरहेका विद्यार्थीहरु अनलाइन परीक्षा दिन तयार रहेको उनको भनाई छ । माग पूरा नगरे निरन्तर आन्दोलन गर्ने गिरीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप