उपराष्ट्रपति कार्यालयको नाममा ठगेको आरोपमा युवक पक्राउ
बुधबार, २७ साउन २०७८, १७ : २५

उपराष्ट्रपति कार्यालयको नाममा ठगेको आरोपमा प्रहरीले कलंकीस्थित स्युचाटारबाट एकजनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले २६ वर्षीय केशवराज भट्ट उर्फ कुशललाई पक्राउ गरेको हो ।
डोटीको केआईसिंह गाउँपालिका–६ घर भएका भट्टले आफुलाई उपराष्ट्रपति कार्यालयको ‘शाखा अधिकृत’ र परराष्ट्र मन्त्रालयको ‘सह–सचिव हुँ’ भनेर ठग्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।
ठग्नका लागि भट्टले निजामती कर्मचारीको पोशाक दुरुपयोग गर्ने गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ । २०७५ चैत २६ मा पनि महाशाखाले भट्टलाई पक्राउ गरेको थियो । साइबर अपराध र ठगी मुद्दामा उनी १ वर्ष जेल बसेर ३० हजार जरिवाना तिरेर रिहा भएका थिए । समाजिक सञ्जालमार्फत चिनजान गरेर विश्वासमा पारेर उनले ठग्ने गरेको महाशाखाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. अधिकारीको गीत ‘वाचा गरौँ’मा आकाश र करुणाको अभिनय
-
चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति
-
४० करोड अमेरिकी डलरको तयारी पोसाक निर्यात गर्ने उद्योग कसरी बन्द हुन पुगे ?
-
विश्व पृथ्वी दिवसको अवसरमा वर्ल्डलिंक बौद्ध शाखाद्वारा वृक्षारोपण
-
संयुक्त अरब इमिरेट्सका उपप्रधानमन्त्री आज नेपाल आउँदै
-
अष्टलक्ष्मी शाक्यको प्रश्न, ‘विद्या भट्टराईलाई किन सहयोग भएन ?’