प्रदेश १ मा आर्थिक कार्यविधि विधेयक सर्वसम्मतिले पारित
प्रदेश नं १ को प्रदेशसभाको आजको बैठकले ‘प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८’ विचार गरियोस् भत्रे प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । प्रदेशसभा नियमावली, २०७४ को नियम ९३ बमोजिम आर्थिक मामिला तथा योजनामन्त्री टङ्क आङ्बोले सो प्रस्ताव सदनमा पेस गरेका थिए ।
विधेयकको सैद्धान्तिक छलफलमा भाग लिँदै प्रदेशसभा सदस्यहरु जयराम यादव, झलकबहादुर मगर र शिवनारायण गनगाईंले विधेयक अत्यन्त महत्वपूर्ण रहेको र यसले आर्थिक गतिविधि, पारदर्शिता र जवाफदेहिता बढाउने विश्वास व्यक्त गरे ।
विधेयकले राजस्व र व्ययको उचित व्यवस्था गर्ने, वित्तीय प्रतिफल हासिल गर्न मद्दत गर्ने र बजेटको आर्थिक गतिविधिलाई चुस्त एवं दुरुस्त बनाउ सहयोग गर्ने उनीहरुको भनाइ थियो । सैद्धान्तिक छलफलमा उठेका विषयको जवाफ दिँदै आर्थिक मामिला तथा योजनामन्त्री आङ्बोले विधेयकमा प्राप्त सुझावलाई आत्मसात् गर्ने बताए । उनीहरुले यो विधेयकले वित्तीय उत्तरदायित्व र जवाफदेहिता बढाउने र आर्थिक गतिविधिलाई पारदर्शी बनाउने बताए । योजना बनाउने र त्यसको अद्यावधिक नगर्ने परिपाटीलाई विधेयकले निस्तेज पार्ने भन्दै मन्त्री आङ्बोले यसलाई कार्यान्वयन गर्न निर्देशिका र कार्यविधि बनाउने स्पष्ट पारे ।
सभाको शून्य समय र विशेष समयमा उठेका प्रश्नहरुको जवाफमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतले चुरे संरक्षण गर्न प्रदेश सरकार सचेत रहेको बताए । उनले प्रकृति, वातावरण र पर्यावरण संरक्षण गर्न सरकार प्रतिबद्ध छ भन्दै ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गर्न सरकारले मापदण्डअनुसार नै गर्नेमा जोड दिए ।
विशेष समय
नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले हदबन्दीमा परेका गिरी बन्धु टिस्टेटको जग्गा बिक्री गर्न सरकारले फुकुवा गरेकामा आपत्ति जनाए । सरकारले एकीकृत बस्ती विकासमा ध्यान दिनुपर्ने भन्दै सुकुम्बासीलाई पुर्जा वितरण गरे पनि जग्गा नपाएकोप्रति आक्रोश व्यक्त गरे । उनले कोभिड उपचारका लागि सरकारले बनाएको कोभिड अस्पताल किन बन्द छ भनी प्रश्न गरे ।
शून्य समय
प्रदेशसभा सदस्य खिनुलाम्बा लिम्बूले प्रदेशको जनसङ्ख्याका आधारमा सरकारले खोपको व्यवस्था गर्नुपर्ने माग गरिन् । अर्का सदस्य सुनिताकुमार चौधरीले मोबाइल फोनमा विभिन्न प्रकारका गेमहरूका सट्टा रोजगारी सिर्जना गर्ने र सीप सिक्न सक्ने कार्यक्रम राख्न सुझाव दिइन् । प्रदेशसभाको अर्को बैठक भोलि दिउँसो १ बजे बस्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अर्ग्यानिक उत्पादनको माग बढी छ’
-
कोशी प्रदेश : कृषिजन्य वस्तुको निर्यात निरन्तरतामै सीमित
-
सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
-
बागमतीमा बजेटमाथिको विवाद कायमै, सरकारले देखायो ‘आयोजना बैंक’
-
रात्रिकालीन उडानसँगै राजविराज पर्यटकीय गन्तव्यस्थल बन्नेछ: मन्त्री पाण्डे
-
नरसंहार बन्द गर्न जेलेन्स्की र पुटिनलाई ट्रम्पको अनुरोध