शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मकवानपुरमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु

बुधबार, २७ साउन २०७८, १७ : ०१
बुधबार, २७ साउन २०७८

पछिल्लो २४ घण्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर–७ निवासी ७० वर्षीय वृद्ध र भीमफेदी गाउँपालिका वडा नम्बर–१ निवासी ६१ वर्षीय पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । 

हेटौंडा–७ निवासी बृद्ध गत साउन १९ गते कोरोना संक्रमण पुष्टि भइ साउन २० गते उपचारको लागि हेटौंडा अस्पतालमा भर्ना भएका थिए, उनको मंगलवार उपचारको क्रममा मृत्यु भएको हो । 

त्यस्तै, भीमफेदी गाउँपालिका वडा नम्वर १ निवासी ६१ वर्षीय पुरुष  मा गत साउन ९ गते कोरोना पुष्टि भई साउन १० गते उपचारको लागि हेटौंडा अस्पतालमा भर्ना भएका थिए । उनको आज बिहान उपचारको क्रममा मृत्यु भएको हो । यससँगै मकवानपुरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ५२ पुगेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप