विराटनगरसँग जोडिएको ‘रानी नाका’ खुल्ला
प्रदेश १ को राजधानी विराटनगरसँग जोडिएको मुख्य अन्तर्राष्ट्रिय नाका ‘रानी नाका’ आजबाट आवतजावतका लागि खुल्ला भएको छ । सहायक नाकाबाट आवतजावतलाई कडाई गर्ने भन्दै स्थानीय प्रशासनले मुख्य नाका रानी खुल्ला गर्ने निर्णय गरेको हो ।
कोभिड–१९ संक्रमणको जोखिम बढ्दै गएपछि सरकारले सो नाकाबाट आवतजावतमा रोक लगाउँदै आएका थियो । विषेश परिचयपत्रको आधारमा मात्र सो नाका भएर नेपाल प्रवेशको व्यवस्था गरिएको थियो । तर पछिल्लो दिन भारतसँग सीमा जोडिएको मोरङको सहायक नाकाबाट लुकीछिपी आउजाउको क्रम बढेसँगै स्थानीय प्रशासनले बुधबारबाट मुख्य नाका रानीबाट आवतजावतका लागि खुल्ला गरेको हो । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले सहायक नाकाबाट आउजाउमा कडाइ गरेर मुख्य नाकाबाट प्रवेश दिने व्यवस्था मिलाइएको जानकारी दिए ।
उनले मुख्य नाकामा कडाइ गर्दा सहायक नाकाबाट अवैध कारोबारदेखि लुकिछिपी आउजाउ बढेकाले अवैध आवत जावतलाई रोक्न औपचारिक रूपमै रानी नाका खुल्ला गरिएको बताए । कोरोना संक्रमणसँगै मुख्य नाकाबाट आउजाउ बन्द गरिएपछि सहायक नाकाबाट आउजाउसँगै अवैध कारोबार बढ्दै गएको थियो ।
स्थानीय प्रशासनले रानी नाकामा रहेको हेल्थ डेस्कमा सो नाका प्रयोग गरेर आउजाउ गर्नेका लागि प्रारम्भिक स्वास्थ्य परीक्षण, स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराउने लगायतका कार्यलाई भने अनिवार्य गरेको छ । बुधबारदेखि रानी नाका हुँदै भारत जाने र भारतबाट फर्कन नागरिकले सक्ने भएका छन् । जाने र आउनेका लागि अलग अलग रुटको व्यवस्था मिलाइएको छ । रानी नाका मानिसको लागि खुल्ला गरिएपनि सो नाका प्रयोग गरेर कुनै प्रकारका सवारी साधन प्रवेश भने रोक लगाइएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुम्वासी बस्तीमा खोलाको पानी पसेपछि...
-
भयङ्कर लोकतन्त्रवादी हौँ भन्नेले बोल्दैमा महामन्त्रीलाई पार्टीबाट निष्कासित गरेछन् : भीम रावल
-
यस्तो छ आइतबार बस्ने राष्ट्रियसभा बैठकको कार्यसूची
-
दाङमा डुबानमा परेका २५ जनाको सकुशल उद्धार
-
म्याग्दे खोलाको बाढीले घुम्तीका घर डुबानमा
-
कालीगण्डकी र सेतीखोलामा जलसतह बढेपछि सेतीवेणी र शालिग्राम शिला डुबानमा