मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

विराटनगरसँग जोडिएको ‘रानी नाका’ खुल्ला

बुधबार, २७ साउन २०७८, १६ : ५६
बुधबार, २७ साउन २०७८

प्रदेश १ को राजधानी विराटनगरसँग जोडिएको मुख्य अन्तर्राष्ट्रिय नाका ‘रानी नाका’ आजबाट आवतजावतका लागि खुल्ला भएको छ । सहायक नाकाबाट आवतजावतलाई कडाई गर्ने भन्दै स्थानीय प्रशासनले मुख्य नाका रानी खुल्ला गर्ने निर्णय गरेको हो ।

कोभिड–१९ संक्रमणको जोखिम बढ्दै गएपछि सरकारले सो नाकाबाट आवतजावतमा रोक लगाउँदै आएका थियो । विषेश परिचयपत्रको आधारमा मात्र सो नाका भएर नेपाल प्रवेशको व्यवस्था गरिएको थियो । तर पछिल्लो दिन भारतसँग सीमा जोडिएको मोरङको सहायक नाकाबाट लुकीछिपी आउजाउको क्रम बढेसँगै स्थानीय प्रशासनले बुधबारबाट मुख्य नाका रानीबाट आवतजावतका लागि खुल्ला गरेको हो । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले सहायक नाकाबाट आउजाउमा कडाइ गरेर मुख्य नाकाबाट प्रवेश  दिने व्यवस्था मिलाइएको जानकारी दिए ।

उनले मुख्य नाकामा कडाइ गर्दा सहायक नाकाबाट अवैध कारोबारदेखि लुकिछिपी आउजाउ बढेकाले अवैध आवत जावतलाई रोक्न औपचारिक रूपमै रानी नाका खुल्ला गरिएको बताए । कोरोना संक्रमणसँगै मुख्य नाकाबाट आउजाउ बन्द गरिएपछि सहायक नाकाबाट आउजाउसँगै अवैध कारोबार बढ्दै गएको थियो ।

स्थानीय प्रशासनले रानी नाकामा रहेको हेल्थ डेस्कमा सो नाका प्रयोग गरेर आउजाउ गर्नेका लागि प्रारम्भिक स्वास्थ्य परीक्षण, स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराउने लगायतका कार्यलाई भने अनिवार्य गरेको छ । बुधबारदेखि रानी नाका हुँदै भारत जाने र भारतबाट फर्कन नागरिकले सक्ने भएका छन् । जाने र आउनेका लागि अलग अलग रुटको व्यवस्था मिलाइएको छ । रानी नाका मानिसको लागि खुल्ला गरिएपनि सो नाका प्रयोग गरेर कुनै प्रकारका सवारी साधन प्रवेश भने रोक लगाइएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप