थप ३ हजार ४८१ जनामा संक्रमण पुष्टि, ३० जनाको मृत्यु
पछिल्लो २४ घण्टामा नेपालमा थप ३४८१ जनामा संक्रमण पुष्टि भएको छ । १६ हजार ६५६ जनामा परीक्षण गर्दा पीसीआरबाट १० ९०७ र एन्टिजेनबाट ५७४९ जनाको परीक्षण गरिएको थियो । पीसीआरबाट २६१६ र एन्टीजेनबाट ८६५ जनामा संक्रमण पुष्टि भएको हो ।
यसमध्ये काठमाडौँ उपत्यकामा ९६४ जना संक्रमित थपिएका छन् । काठमाडौँमा ६६३, ललितपुरमा १९२ र भक्तपुरमा १०९ जनामा संक्रमण पुष्टि भएको हो । नेपालमा हालसम्म पीसीआर विधिबाट ७ लाख २३ हजार २९६ जना र एन्टिजेन विधिबाट ७२ हजार ९५ जनामा संक्रमण पुष्टि भइसकेको छ ।
नयाँ संक्रमित थपिएसँग देशभर ३८ हजार ३३ जना सक्रिय संक्रमित रहेका छन् । यसमध्ये ३४ हजार ८१३ जना होम आइसोलेसन, ३ हजार २२० जना संस्थागत आइसोलेसन, ७९६ जना सघन उपचार कक्ष र १८४ जना भेन्टिलेटरमा रहेका छन् ।
यही अवधिमा थप १८८५ जना संक्रमणमुक्त भएका छन् । नेपालमा कूल संक्रमितमध्ये हालसम्म ६ लाख ७५ हजार ८३ जना संक्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९३.४ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा थप ३० जनाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको छ । १.५ प्रतिशत मृत्यु दर रहेको नेपालमा १० हजार १८० जनाले ज्यान गुमाइसकेका छन् ।
बुधबारसम्म ४५ लाख ७० हजार ५५३ जनाले खोपको पहिलो मात्रा र २८ लाख ८८ हजार ३६० जनाले पूर्ण मात्रा लगाइसकेका छन् । गत २४ घण्टामा १ लाख ९५ हजार २११ जनाले खोप लगाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् व्यवस्थापनका लागि सबै मन्त्रालयहरुले निश्चित प्रतिशत बजेट छुट्याउँछौँ : मन्त्री श्रेष्ठ
-
बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनमा
-
डढेलोले सिङ्गो गाउँ नै जोखिममा
-
संविधान र गणतन्त्र विरोधी शक्तिले चलखेल सुरु गर्न थाले : अध्यक्ष नेपाल
-
चुमनुब्रीमा मनास्लु हिमाल आरोहण दिवस मनाउने तयारी
-
१० बजे, १० समाचार