ओखलढुङ्गामा कुटपिटबाट एक जनाको मृत्यु

ओखलढुङ्गामा मंगलबार राति आपसी विवादमा भएको कुटपिटबाट एक जनाको मृत्यु भएको छ । सिद्धिचरण नगरपालिका–५ बिप्लाटेमा दुई पुरुषबीच कुटपिट हुँदा स्थानीय पासाङ तेन्जी शेर्पाको मृत्यु भएको हो । प्रहरीका अनुसार ४२ वर्षीय पासाङ तेन्जी शेर्पा र देउरालीका ६३ वर्षीय आङ्बु शेर्पाबीच कुटपिट भएको थियो । सोही क्रममा पासाङ तेन्जीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।
सोही घटनामा अर्का एक ब्यक्ति घाइते भएका छन् । उनको ओखलढुङ्गास्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । आपसमा कुटाकुटपछि गम्भीर घाइते अवस्थामा लडिरहेका दुवैजनालाई आङ्बु शेर्पाका परिवारले अस्पतालसम्म ल्याएका थिए । घटनामा गम्भीर घाइते भएका पासाङ तेन्जी शेर्पाको ओखलढुङ्गा सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख प्रहरी नायव उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईं झापाको भद्रपुर क्षेत्रबाट औपचारिक रूपमा पक्राउ
-
प्रदेश सरकार निजामती सेवालाई बलियो बनाउन चाहन्छ : मुख्यमन्त्री आचार्य
-
चीनमाथि अमेरिकाले लगायो १४५ प्रतिशत ट्यारिफ
-
इस्लामाबाद र लाहोरबिच उद्घाटन खेल, डेभिड वार्नरदेखि केन विलियम्सनसम्म विदेशी खेलाडी
-
दार्चुलाका शिक्षकले मासिक रुपमा पाउन थाले तलब, भत्ता
-
प्राविधिकतर्फ प्रहरी जवान पदमा भर्ना खुल्यो, कसरी दिने आवेदन ? (सूचनासहित)