कुलमानबारे देउवाको ज्योतिषी : शिव योग परेको दिन चन्द्रमा दाहिने पारेर देशको सेवामा लाग्नु शुभ दिन
कुलमान घिसिङको दोस्रो पटक विद्युत् प्राधिकरणमा प्रवेशको दिन शुभ रहेको ज्योतिषी सुरेशचन्द्र रिजालले बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई ७ पटक प्रधानमन्त्री बन्ने योग रहेको भनेर चर्चामा आएका रिजालले घिसिङले प्राधिकरण शुभ मुहूर्तमा प्रवेश गरेको उल्लेख गरेका छन् ।
उनले भनेका छन्–‘श्रावण शुक्ल पक्षको बुधबार तृतीया तिथि, शिव योग परेको दिन चन्द्रमालाई दाहिने पारेर देशको सेवामा पुनः नेपाली जनताको पवित्र भावना अनुरुप सिद्धि योगको शुभ मुहूर्तमा कुलमान घिसिङजीलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा नियुक्त गरिएको छ । उक्त शुभ समयको नियुक्तिले देश,जनता र लामो समयदेखि अलमलमा परेको सरकारलाई गाँठो फुकाउन सहयोग पुग्ने योग रहेको छ ।’
ज्योतिषी रिजालले अब छिट्टै मन्त्री मण्डल बिस्तारको कार्य पनि अगाडी बढ्ने र घिसिङको कारणले समग्र विकासका क्षेत्रमा शुभ फल प्रदान हुने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
लगातार बैठक बोलाउने तयारीमा एमाले
-
अमेरिकाको प्रतिबन्धमा परे ब्यालेस्टिक मिसाइल कार्यक्रममा संलग्न चार पाकिस्तानी कम्पनी
-
‘औषधिको निरीक्षण र नियमन यथेष्ट मात्रामा भइरहेको छैन’
-
नौमुरे जलविद्युत आयोजनालाई सधैँ जनशक्ति र बजेट अभाव
-
शुक्लाफाँटाको दुर्गम क्षेत्रमा प्रहरी चौकी स्थापना गर्न माग
-
‘कहिलेकाहीँ खरिद प्रक्रियाका कारणले औषधिको अभाव हुन सक्छ’