न्यूयोर्कमा ‘मिस नेपाल युएसए २०२१’ आयोजना हुने
आगामी सेप्टेम्बर २३ देखि २५ सम्म अमेरिकाको न्यूयोर्कमा न्यूयोर्कमा ‘मिस नेपाल अमेरिका २०२१’ आयोजना गर्ने भएको छ । आयोजकले आफ्नो १० औं वार्षिक उत्सव भव्य मनाउँदै ‘मिस नेपाल अमेरिका २०२१’ आयोजना गर्न लागेको हो । अभिनेत्री तथा पूर्व मिस नेपाल माल्भिका सुब्बा प्रतियोगिताको मुख्य प्रशिक्षकका रुपमा नियुक्त भएकी छन् । सुब्बाले प्रतिस्पर्धी हरुको व्यक्तित्व विकास र सौन्दर्य निखार्नेछिन् ।
अमेरिकामा बसोबास गर्दै आएका नेपाली युवतीहरूले प्रतिभा निखार्ने उदेश्यले नियमित रुपमा आयोजना हँुदै आएको प्रतियोगितामा सहभागिताका लागि १ सेप्टेम्बर २०२१ सम्म आवेदन दिन सकिने आयोजकले जनाएको छ ।
नेपाल−अमेरिकी सामाजिक उद्यमी अमित शाहले सुरु गरेको प्रतिस्पर्धा अमेरिकामा बसोबास गर्दै आएका नेपाली युवाहरुका लागि नेटवर्किङ, सशक्तीकरण, क्षमता प्रस्फुटन र पहिचानका लागि उचित मञ्च हुने आयोजकको दाबी रहेको छ । प्रतिस्पर्धाले नेपाल र अमेरिका दुवै देशको सांस्कृतिक विविधतालाई समेत उजागर गर्ने गर्दछ ।
मिस नेपाल युएस प्रतिस्पर्धाले हालसम्म नेपाली−अमेरिकी महिलाहरुलाई शिक्षा र सशक्तिकरणका निमित्त विभिन्न च्यारिटीमार्फत् ८० हजार डलर्स बराबरको सहयोग प्रदान गरिसकेको छ । त्यसैले पनि यस कार्यक्रमले महिलाहरुलाई छात्रवृत्ति प्राप्त गर्न, आफ्नो नेटवर्क बृद्धि गर्न, जीवनोपयोगी कला अभिवृद्धि गर्न र आफ्नो समुदायमा केही योगदान पुर्र्याउने आयोजकको भनाई रहेको छ ।
२०११ मा न्यूयोर्क शहरबाट सुरु भएको मिस नेपाल युएसमा पहिलो बिजेता सुजिता बस्नेत भएकी थिइन् । कार्यक्रमलाई न्यूयोर्क, भर्जिनिया, नेब्रास्का लगायत प्रदेशका गर्भनर, युएस राजदूतावास लगायत संस्थाले आधिकारिक मान्यता समेत प्रदान गरेको कार्यक्रमका संस्थापक तथा अध्यक्ष अमित शाहले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या