१५ दिन कैद तोकिएका अभियुक्तलाई थुनामा पठाउन आदेश
बुधबार, २७ साउन २०७८, १६ : १०
बैंकिङ्ग कसुर मुद्दामा १५ दिन कैद र ५० लाख जरिवाना तोकिएका अभियुक्तलाई अदालतले थुनामा पठाउन आदेश गरेको छ । बुधवार अर्घाखाँची घर भई चन्द्रागिरी नगरपालिका–६ बस्ने कासीराम भुसाललाई जिल्ला अदालत ललितपुरले नख्खु कारागारमा थुनामा राख्न आदेश गरेको हो ।
२०७७ माघ ४ मा उच्च अदालत पाटनले भुसाललाई कैद र जरिवाना हुने फैसला गरेको थियो । फैसलापछि फरार भएका भुसाललाई बुधवार केन्द्रिय अनुसन्धान ब्यूरोले पक्राउ गरेर ललितपुर जिल्ला अदालतमा उपस्थित गराएको थियो ।
पुष्प कुमार श्रेष्ठको जाहेरीका आधारमा प्रहरीले उनीविरुद्ध अनुसन्धान गरेको थियो । ५० लाख जरिवाना भुक्तान नगरेमा उनलाई थप १० वर्ष थप कैद हुने ललितपुर जिल्ला अदालतका तहसिलदार युवराज पौडेलले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती