कुलमानबारे दीपकराज लेख्छन्- ‘राम्रो काम गर्दा ढिलै भएपनि पुरस्कार मिल्छ भन्ने सन्देश’
बुधबार, २७ साउन २०७८, १६ : ००
![कुलमानबारे दीपकराज लेख्छन्- ‘राम्रो काम गर्दा ढिलै भएपनि पुरस्कार मिल्छ भन्ने सन्देश’](https://rpcdn.ratopati.com/media/albums/deepak-raj-giri_EqERHaxozX.jpg)
कुलमान घिसिङ नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पुनः नियुक्त भएका छन् । उनी भएका प्राधिकरणमा दोस्रोपटक नियुक्त भएर आएपछि सर्वसाधारणदेखि कलाकारसम्मले सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गरिरहेका छन् ।
यस्तैमा कलाकार दीपकराज गिरीले कुलमानको पुनः नियुक्तिको बिषयमा खुसी ब्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै कुलमानको नियुक्तिको सरकारको निर्णय जनप्रिय भएको बताएका छन् । पुनः नियुक्तिबाट कुलमानलाई ढिलै भएपनि राम्रो कामको पुरस्कार मिलेको गिरीको भनाई रहेको छ ।
गिरीले स्वतन्त्र नागरिकको हैसियतले आफुले सरकारको नराम्रो कामको आलोचना र राम्रो कामको तारिफ आफुले गर्ने गरेको समेत बताएका छन् । कुलमानको नियुक्ति माग गर्दै ओली सरकारको पालामा कलाकार गिरीले बिभिन्न अभियान समेत चलाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हमासलाई नेतन्याहूको चेतावनी-शनिबारसम्म थप बन्धक रिहा नगरे युद्धविराम समाप्त
-
माइतीघरमा आन्दोलनरत स्वर्गद्वारी गुठी पीडित किसानलाई सरकारद्वारा वार्ताको लागि आह्वान
-
१२ बजे, १२ समाचार : पूर्व राष्ट्रपति भण्डारीलाई बाटो खुल्योदेखि बागमतीका ८ सहकारीको छानविनमा सीआईबीलाई निम्तोसम्म
-
रुकुम पूर्वमा तीन जनाको शव फेला
-
१० बजे १० समाचार : विद्यालाई बाटो खुला, बलात्कार आरोपीलाई उन्मुक्ति
-
ढल्कुबाट लागुऔषध एम्फेटामाइन आइससहित दुईजना पक्राउ