बुधबार, २४ पुस २०८१
ताजा लोकप्रिय

३६ वर्ष पुगिन् ज्याकलिन, यस्तो छ उनको फिल्मी करियर

बुधबार, २७ साउन २०७८, १५ : ५५
बुधबार, २७ साउन २०७८

अभिनेत्री ज्याकलिन फर्नान्डिजको बलिउडमा राम्रो पहिचान छ । मिस युनिभर्स श्रीलंका समेत रहेकी उनी फिल्म अभिनय अगाडि टिभी रिपोर्टर थिइन् । ११ अगष्ट (आज) ज्याकलिनको जन्मदिन हो । उनी आजबाट ३६ वर्ष लागेकी छन् । उनको जन्म १९८५ मा बहराइनमा भएको थियो । सिड्नी युनिभर्सिटीबाट मास कम्युनिकेशनको अध्यायन गरेकी उनले २००९ मा बलिउड डेब्यु गरेकी हुन् ।

ज्याकलिनका बुबा श्रीलंकाका संगीकार थिए भने आमा मलेसियन मुलकी  हुन् । उनी आमा एयर होस्टेज थिइन् । ४ भाइबहिनी मध्येकी कान्छी छोरी ज्याकलिनको पहिले देखिनै अभिनय प्रति झुकाव थियो । १४ वर्षको उमेरमा उनले बहराइनमा एउटा कार्यक्रम समेत आयोजना गरेकी थिइन् ।

एक अन्तर्वार्तामा उनले आफुमा सानैदेखि अभिनेत्री हुने चाहना र फिल्म स्टार हुने सोच रहेको बताएकी थिइन् । सोही कारणले उनले जोन स्कुलबाट अभिनयको प्रशिक्षण समेत लिएकी थिइन् । सिड्नी विश्वविद्यालयबाट स्नातक सकाएर टिभी रिपोर्टरको रुपमा काम थालेकी उनले त्यसपछि मोडलिङ थालेकी थिइन् । 

२००९ मा एक मोडलिङमा कन्फम गर्न भारत छिरेकी उनले सोही समय निर्देशक सुजोय घोषको फिल्म ‘अलादीन’का लागि अडिसनबाट छानिइन् । यो उनको अभिनयको पहिलो पाइला थियो । फिल्ममा ज्याकलिनको आयोजित भूमिकामा रितेश देशमुख रहेका थिए भने त्यसमा अमिताभ बच्चनको पनि मुख्य भूमिका रहेको थियो । बलिउड काम गर्न उनले हिन्दी सिकेकी थिइन् ।

ज्याकलिनको पहिलो हिट फिल्म ‘मर्डर २’ थियो । यो फिल्मपछि बलिउडमा चर्चित भएकी उनी ‘हाउसफुल २’, ‘रेश ३’ र २०१४ मा सलमान खानको साथ ‘किक’ मा देखिएकी थिइन् । सलमान खानले उनलाई बान्द्रामा फ्ल्याट समेत गिफ्ट गरेका थिए ।

फिल्म अभिनय बाहेक उनी रियालिटी शो ‘झलक दिखला जा’ को नवौं सिजनमा जर्ज बनेकी उनी पछिल्लो दिनहरुमा भने संगीत एल्बममा काम गरिरहेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप