सिंहदरबार गेटमा रोकेर राखेको टिपरमा स्कुटर ठोक्कियो, चालकको मृत्यु
बुधबार, २७ साउन २०७८, १५ : ४५
अनामनगर स्थित सिंहदरबार पूर्वी गेटसँगै रोकेर राखेको टिपरमा स्कुटर ठोक्किएर दुर्घटना भएको छ । मंगलबार राति प्रदेश–३–०१–००६ख ०७९७ नम्बरको टिपरमा बा.२ ब ७५८९ नम्बरको स्कुटर ठोक्किएको थियो ।
दुर्घटनामा परेर गम्भिर घाइते भएका स्कुटर चालक सन्देश बुढाथोकीको उपचारको क्रममा सिभिल हस्पिटलमा मृत्यु भएको ट्राफिक प्रहरी महाशाखाका एसपी सञ्जीव शर्माले रातोपाटीलाई बताए । सुर्खेत घर भएका २९ वर्षीय सन्देश सामाखुसी बस्दै आएका थिए ।
सिंहदरबारभित्र निर्माणाधीन संसद भवनको निर्माण सामग्री लोड भएको टिपरमा बुढाथोकीले चलाएको स्कुटर ठोक्किएको थियो । टिप्पर चालकलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सय दिने विशेष अभियान सफल पार्न कांग्रेस सुदूरपश्चिमले खटायो ४३ प्रतिनिधि
-
बगेको बुलेटभित्र थियो ६ मेट्रिकटन ग्यास, जोखिम कति ?
-
उदयपुर, सुनसरी र सप्तरीका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
-
झ्याप्ले खोला दुर्घटनामा पर्ने अधिकांश रुपन्देहीका भएको आशंका
-
बाढी पहिरोमा परेर ज्यान गुमाएकाहरूका परिवारलाई तत्काल क्षतिपूर्ति दिन राप्रपाको माग
-
उद्धार कार्यमा जुट्न पार्टी पङ्क्तिलाई रास्वपाको निर्देशन