सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

मुख्यमन्त्रीको राजीनामा बाचन गरेर लुम्बिनी प्रदेशसभाको दोस्रो बैठक सम्पन्न

बुधबार, २७ साउन २०७८, १५ : ३०
बुधबार, २७ साउन २०७८

लुम्बिनी प्रदेशसभाको आजको दोस्रो बैठक मुख्यमन्त्री शंकर पोखरेलको राजीनामासम्बन्धी प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त वाचनपछि सम्पन्न भएको छ । सभामुख पूर्णबहादुर घर्तीले प्रदेशसभामा मुख्यमन्त्रीको राजीनामासम्बन्धी पत्र बाचन गरेर बैठक सम्पन्न गरेका हुन् । 

‘लुम्बिनी प्रदेश सरकारका मान्य मुख्यमन्त्री श्री शंकर पोखरेलप्रति प्रदेशसभाको विश्वास छैन भनि प्रस्तुत अविश्वासको प्रस्तावको प्रक्रिया चालू रहेको समयमा मान्य मुख्यमन्त्री श्री शंकर पोखरेलले मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको ब्यहोरासहित मान्य प्रदेश प्रमुखज्यूबाट जानकारीसम्बन्धी पत्र हुन आएको छ’, उनले भने ।  सो सम्बन्धी पत्र बाचन गरेसँगै सभामुख घर्तीले बैठक सम्पन्न भएको घोषणा गरे ।  

यसअघि आजै प्रदेशसभामा अविश्वासको प्रस्ताव पेश भएर छलफल भएको सुरु भइरहँदा बैठक १ घण्टाका लागि स्थगित गरिएको थियो । दोस्रो बैठकमा मुख्यमन्त्रीले नै राजीनामा दिएको जानकारीपछि प्रक्रिया अघि नबढाइ बैठक सम्पन्न भएको घोषणा गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप