शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राजीनामा दिनुअघि मन्त्रिपरिषद् बैठकबाट शंकर पोखरेलले गरे यस्ता निर्णय

बुधबार, २७ साउन २०७८, १५ : १७
बुधबार, २७ साउन २०७८

 लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिनु केही घण्टा अघि मन्त्रिपरिषद बैठक राखेर विभिन्न निर्णय गराएका छन् ।

प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीका अनुसार बुधबार बिहान बसेको मन्त्रिपरिषद बैठकले प्रदेश खेलकुद परिषदको सदस्य मनोनयन गर्नेदेखि प्रादेशिक अस्पतालका मेसु परिवर्तन गर्नेसम्मका निर्णय गरेको छ ।

मन्त्रिपरिषद बैठकले उद्योग दर्ताका लागि पूर्ण छुट दिने निर्णय गरेको छ । प्रदेश विपद् व्यवस्थापन कार्य सञ्चालन दोस्रो संशोधन निर्देशिका स्वीकृत गर्नुका साथै उद्योग मन्त्रालयको सेवा तथा दस्तुरको शुल्कमा दररेट पनि स्वीकृत प्रदान गरेको सरकारका मन्त्री चौधरीले बताए ।

यस्तै आसुलेन अस्पतालको अस्थायी दरवन्दी स्वीकृत गर्ने तथा स्वास्थ्यकर्मीलाई प्रोत्साहन तथा जोखिम भत्ता प्रदान गर्ने निर्णयसमेत बैठकले गरेको छ ।

शंकर पोखरेलको अध्यक्षतामा बसेको बैठकले लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा राजेन्द्र खनाललाई पदबाट हटाएको छ । खनाललाई रेडियोलोजी डिपार्टमेण्टमा सरुवा गर्दै डा. ईन्द्र ढकाललाई प्रादेशिक अस्पतालको मेसुमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप