बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

चितुवाको छालासहित २ जना पक्राउ

बुधबार, २७ साउन २०७८, १४ : ५२
बुधबार, २७ साउन २०७८

पाल्पाको रिब्दीकोट गाउँपालिकास्थित कुसुम खोलाबाट प्रहरीले चितुवाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रिब्दीकोट गाउँपालिका घर भएका ४२ वर्षीय विष्णुबहादुर खत्री र ४० वर्षीय रविल मिया रहेका छन् ।
लुम्बिनी प्रदेश प्रहरी अनुसन्धान समूह र प्रहरी चौकी हार्थोकबाट खटिएको टोलीले उनीहरुको साथबाट १ थान चितुवाको छाला बरामद गरेको छ ।

मुझुङ बतासेबाट तानसेनतर्फ जाँदै गरेको लु.३७ प ४४४ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा उनीहरुको साथमा चितुवाको छाला फेला परेको प्रदेश प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ । आरोपीहरुलाई थप अनुसन्धान र कारवाहीका लागी डिभिजन वन कार्यालय पाल्पामा बुझाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप