शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बालुवाटार जग्गा प्रकरण र क्यान्टोनमेन्ट घोटला छानविन गर्न कोमल ओलीको माग

बुधबार, २७ साउन २०७८, १४ : ४७
बुधबार, २७ साउन २०७८

राष्ट्रियसभा सदस्य कोमल ओलीले वाइडबडी विमान, ओम्नी घोटाला प्रकरणको छानविन गर्न माग गरेकी छिन् । उनले भ्रष्टाचारबारे धेरै भाषण भएको उल्लेख गर्दै निष्पक्ष छानविन गर्न आग्रह गरिन् । उनले भनिन्–‘वाइडबडी छानविन गरौं, अरुण थर्डको छानविन गरौं, टनकपुरको छानविन गरौं, बालुवाटारको छानविन गरौं, ओम्नीको छानविन गरौँ, आयल निगमको जग्गा अनियमितताको पनि छानविन गरौँ, क्यान्टोनमेन्टको घोटालाको पनि छानविन गरौं । ठुला–ठुला क्यान्टोनमेन्टको पनि छानविन गरौं । १ सय ६५ सांसदको समर्थन पाएको छ छानविन गरौं न ।’

उनले धेरै जलविद्युत आयोजनाहरु विदेशीको इसारामा बनेको बताउँदै जलश्रोतको दोश्रो धनी देश आज व्यापार घाटाको अवस्थामा पुगेको उल्लेख गरिन् । नेपालको नदी नालाहरू सत्ताको स्वार्थ र भष्ट्राचारका लागि बन्धक भएको दावी गरिन् । भष्ट्राचार छानविनका लागि के ले रोक्यो भन्दै त्यसका लागि फेरि केपी ओलीलाई नै पर्खने भन्दै प्रश्न गरिन् । 

उनले केपी ओलीको जस्तो सरकार अहिलेसम्म नबनेको दावी समेत गरिन् । उनले भनिन्–‘अरु साथीहरुलाई केपी ओली नभएपनि अरु बहादुर ओलीहरूले विकास गर्छन् भन्ने लागेको होला । नेपालमा पच्चीस वर्षसम्म कति सरकार बने होलान्, कति प्रधानमन्त्री बने होलान्, मेलम्चीको सपना पूरा गर्न र धारामा पानी झार्न केपी ओली नै किन चाहियो । किन पर्खेको ? त्यसमा भट्राचार कति भयो होला, कति ठेकेदार भागे होलान्, सचिवसँग कति पैसा मागियो होला, त्यसका नाममा कति गाडी चुँडियो होला ? हिसाब किताब हामीसँग पनि छ ।’

उनले रेल आउन केपी ओली नै आउनुपरेको, नारायणीमा जहाज चलाउन, चाहनासँग पारबहान सन्धि गर्न केपी ओली नै आउनुपरेको उल्लेख गरिन् । नेपालको भूमि समेटिएको नक्सा ल्याउन पनि केपी ओली नै आउनुपरेको बताउँदै केपी ओली बिना किन गर्न नसकेको भन्दै प्रश्न गरिन् ।  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप