बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

घरमा लगाउनुहोस् यो एक तस्बिर : ल्याउनेछ सफलता, मिल्नेछ लाभ

बुधबार, २७ साउन २०७८, १४ : २७
बुधबार, २७ साउन २०७८

जीवनसँग जोडिएको जटिलभन्दा जटिल समस्याको समाधान वास्तुमा देखाइएको छ । सही वास्तु व्यक्तिको जीवनमा खुसीयाली ल्याउन सक्छ भन्ने मान्यता राखिन्छ भने वास्तु खराब हुँदा व्यक्तिको जीवनमा विभिन्न प्रकारको समस्या निम्तिन सक्छ । यस्तोमा कोठादेखि लिएर यसको सजावटसम्म वास्तुले महत्वपूर्ण भूमिका निभाउँछ । 

वास्तुका अनुसार लिभिङ रुम सबैभन्दा महत्वपूर्ण कोठा मानिन्छ । यसमा राखिएको तस्बिर पनि कहिलेकाँही वास्तु दोषको कारण बन्ने गर्छ । भारतका पंडित कमल नन्दलालले लिभिङ रुममा कुन पंक्षीको तस्बिर लगाउँदा जीवनको समस्या अन्त्य हुनसक्छ र तपाईंले सफलता पाउन सक्नुहुन्छ भन्ने बारे जानकारी दिएका छन् ।

पंडित कमल नन्दलालका अनुसार लिभिङ रुममा गिद्धको तस्बिर लगाउँदा अपार सफलता पाउन सकिन्छ । यद्यपि, अब यो पंक्षी यो दुनियाँमा खासै देख्न पाइँदैन । गिद्धलाई गरुड पनि भनिन्छ । जसरी शास्त्रमा गरुडको वर्णन गरिएको छ, त्यसै गरी वेस्टर्न वास्तु र फेंगशुईमा पनि गरुडको कुरा गरिएको छ । 

पंडित कमल नन्दलाल भन्छन्, ‘जब घरको सजावटको कुरा आउँछ तब सबैभन्दा पहिला वास्तु अनुसार घरलाई कसरी सजाउन उचित होला भन्ने कुरा आउँछ । मनुष्यको जीवनमा वास्तुको विशेष महत्व हुन्छ । वास्तुले नै हामीलाई दिशा अनुसार सही र गतलको निर्देशन दिने गर्छ ।’

घरको वास्तु सही हुँदा जीवनमा सुख–समृद्धिको बास हुन्छ । यस्तै, गलत वास्तु हुँदा जीवनमा तनाव पैदा हुन थाल्छ । यसले जीवनमा स्वास्थ्य सम्बन्धि र आर्थिक समस्या हुन थाल्छ । 

वास्तुका अनुसार लिभिङ रुममा पंक्षीको तस्बिर निकै नै सकारात्मक परिणाम लिएर आउँछ । वेस्टर्न वास्तुका अनुसार थुप्रै यस्ता पंक्षी छन् जसको चित्र लगाउँदा जीवनमा सकारात्मक आउँछ । थुप्रै पटक वास्तविक पंक्षीलाई घरमा राख्न सम्भव हुँदैन जस्तै मयुर, नीलकण्ठ, हाँस आदि । यसै गरी वेस्टर्न वास्तु र चिनियाँ वास्तु अर्थात् फंगशुईका अनुसार गिद्धजस्ता यस्ता पंक्षी छन् जसको मूर्ति वा तस्बिर घरमा राख्न सकिन्छ । 

फेंगशुईका अनुसार लिभिङ रुममा गिद्धको तस्बिर लगाउनु निकै शुभ मानिन्छ । यसलाई फिनिक्स पनि भनिन्छ । फिनिक्स अग्निको प्रतिनिधित्व गर्छ । चिनियाँ पुराणका अनुसार फिनिक्सलाई मृत्यु पछि पनि जीवित बताइएको छ । फिनिक्सलाई आँसुद्वारा उपचार गराउन सकिन्छ भन्ने मान्यता राखिन्छ । 

मूलतः यसलाई अग्नीको प्रतिक मानिएको छ । यसैकारण यो शुभ मानिन्छ । 

पंडित कमल नन्दलालका अनुसार घरको लिभिङ रुममा गिद्धको चित्र लगाउँदा सकारात्मकता आउन थाल्छ । यस्तै चिनियाँ वास्तु शास्त्रका अनुसार घरमा फिनिक्सको तस्बिर लगाउँदा सफलताको मार्ग खुल्छ । किनभने यसलाई अग्नीको प्रतिक मानिन्छ जसले हरेक बाधालाई जलाउँछ ।

फिनिक्सको तस्बिर लगाउँदा सकारात्मक ऊर्जाको सञ्चार हुन्छ । यसलाई लिभिङ रुमको दक्षिण–पूर्वी भित्ता अर्थात् अग्नेय कोणमा लगाउनु शुभ मानिन्छ । यसले जीवनमा सकारात्मकता र सफलता प्राप्त हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप