बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

प्रचण्डलाई मायाजालमा पारेर ओली खुत्रुक्क प्रधानमन्त्री बनेका हुन् : रामनारायण बिडारी

बुधबार, २७ साउन २०७८, १४ : १९
बुधबार, २७ साउन २०७८

राष्ट्रिय सभा सदस्य रामनारायण विडारीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मायाजालमा पारेर एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बनेको आरोप लगाएका छन् ।

बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद विडारीले प्रचण्डबिना ओलीले प्रधानमन्त्रीको यात्रा संभव नभएको उल्लेख गरे ।

सांसद विडारीले प्रतिनिधि सभामा प्रधानमन्त्री भइसकेको मान्छेको भाषण सुनेपछि दिक्क लागेर धिक्कार भन्न मन लागेको उल्लेख गरे ।

उनले भने–‘प्रधानमन्त्री भइसकेको मान्छेले संसदमा बोल्ने सैद्धान्तिक कुरा के हो ? एउटा विधी शास्त्रीय, संसदीय कुरा के हो ? नेपाल के गरे विकास हुन्छ ? मैले कति गरेँ अब कति गर्नुपर्छ ? आदि कुरा चाहिन्थ्यो । तर प्रचण्डलाई मायाजालमा पारेर ओली खुत्रुक्क प्रधानमन्त्री बनेको हुनाले त्यो मायाजालको कुरामै अलमलिए । प्रचण्ड मायाजालमा पर्नुभयो । यदी प्रचण्ड ओलीको मायाजालमा नपरेको भए ओलीजी यो संविधान जारी भएपछि कहिल्यैपनि प्रधानमन्त्री बन्नुहुँदैनथ्यो । यो ठोकुवा हो ।’

उनले देशमा माओवादी र जनयुद्ध भन्ने सशस्त्र विद्रोह नभएको भए विद्यादेवी भण्डारी राष्ट्रपति समेत नबन्ने दावी गरे । 

उनले केपी ओलीको चक्रव्यूहबाट संसद जोगिएको बताए । उनले नेपालको संविधानलाई मृत्यु शैयामा पु¥याउन लागेको बेला संविधानको धारा ७६ को उपधारा ५ ले संविधान बचाउँन सञ्जीवनी बुटीको काम गरेर संसद बचेको बताए ।

सांसद विडारीले अमेरिकी सहयोग परियोजना संसदमा ल्याउन आवश्यक नभएको बताउँदै नेपालमा ल्याउनुपर्ने कारण के भन्दै प्रश्न गरे । उनले पूर्वप्रधानमन्त्री ओलीले एमसिसी सदनमा नल्याएको भनेर अनेक लान्छना लगाएको भन्दै एमसिसी किन ल्याउनु परेको पुष्टि गर्न आग्रह गरे ।

उनले नेपालको संविधान अनुसार एमसिसी परियोजना संसदमा आउनुपर्ने विषय नभएको जिकिर गरे । उनले केपी ओलीलाई राजनेता भनेर राजनेता शब्दको नै बेइज्जत गरेको समेत दावी गरे । 

उनले भने–‘शब्दकोषमा भएको त्यो राजनेता शब्दको बेइज्जत गर्नु हुन्छ ? ए चर्चामा आएको हुनाले राजनेता भए ? बिरोधीले बिरोध गरेको हुनाले राजनेता भए, सडक सडकमा चर्चा भयो अनि राजनेता भए, सदनमा पनि चर्चा भयो अनि राजनेता भए भन्ने ? चर्चाले राजनेता हुन्छ ? बोकाशोको खुब चर्चा भयो, दादा इदि अमिनको खुब चर्चा भयो । हिटलर मुसोलिनीको खुब चर्चा भयो । पृथ्वीमा आजपनि ति राजनेता हुन् त ?

सांसद विडारीले एमाले अध्यक्ष ओलीले नेकपा नामको पार्टी तहसनहस पारेको उल्लेख गर्र्दै संसदले तिम्रो लागि बहुमत छैन भन्दा भन्दैपनि म प्रधानमन्त्री पद छोड्दै छोड्दिन भनेर अड्डी कसेर पृथ्वीमा कतै नभएको काम गरेको उल्लेख गरे ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप