कृषि विकास बैंकको नाफा ३ अर्ब ६९ करोड, प्रतिशेयर आम्दानी ३० रुपैयाँ
काठमाडौं । कृषि विकास बैंक लिमिटेडको नाफा ३ अर्ब ६९ करोड पुगेको छ । बैंकले आर्थिक वर्ष २०७७÷७८ मा ३ अर्ब ६९ करोड ४४ लाख रुपैयाँ नाफा कमाएको हो । यो नाफा अघिल्लो आर्थिक वर्षमा कमाएको नाफाभन्दा १०.८९ प्रतिशत बढी हो ।
बैंकको खुद ब्याज आम्दानी ६ अर्ब २६ करोडमा झरेको छ । अघिल्लो वर्ष ६ अर्ब ७१ करोड रहेको खुद ब्याज आम्दानी यो वर्ष ६ अर्ब २६ करोडमा झरेको बैंकले जनाएको छ । त्यस्तै शुल्क तथा कमिसनसम्बन्धी आम्दानी पनि १ अर्ब ८७ करोडबाट १ अर्ब ५१ करोडमा झरेको बैंकले जनाएको छ ।
यसैगरी, सेयरधनीलाई बाँड्न मिल्ने नाफा भने १ अर्ब ७३ करोड रुपैयाँ मात्रै रहेको बैंकले जनाएको छ । ५ अर्ब ४३ करोड रुपैयाँ बराबरको अग्राधिकार सेयरसहित १६ अर्ब चुक्ता पुँजी भएको बैंकले अग्राधिकार सेयर बापत सरकारलाई ६ प्रतिशत लाभांश दिनुपर्ने हुन्छ भने बाँकी रहेको रकम मात्रै सेयरधनीलाई बाँड्न सकिन्छ ।
बैंकले यो अवधिमा निक्षेप संकलन १ खर्ब ६३ अर्ब पुर्याएको छ भने कर्जा प्रवाह १ खर्ब ५२ अर्ब पुर्याएको छ । गतवर्ष निक्षेप संकलन १ खर्ब ४३ अर्ब थियो भने कर्जा प्रवाह १ खर्ब २१ अर्ब रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : मुस्कुराउँदै न्यायाधीशले थपे रविको हिरासत म्याददेखि दुर्गा प्रसाईंले गुहारे सर्वोच्चसम्म
-
कुलमानले विद्युत् प्रसारण लाइन निर्माणमा जोडे निजी क्षेत्र
-
पार्टीभित्र सद्भाव, एकता र मेलमिलाप आवश्यक : बलायर
-
१० बजे, १० समाचार : थप ४ दिन रवि हिरासतमा, बन्दी प्रत्यक्षीकरण निवेदन लिएर दुर्गा अदालतमा
-
सुदूरपश्चिम प्रदेश राजधानी निर्माणको विषय अझै कार्यान्वयन भएन
-
नेपाली पर्यटन व्यवसायीलाई चिनियाँ भाषाको प्रशिक्षण