शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशसभाको बैठक १ घण्टाका लागि स्थगित

बुधबार, २७ साउन २०७८, १३ : ५५
बुधबार, २७ साउन २०७८

लुम्बिनी प्रदेशसभाको बैठक १ घण्टाको लागि स्थगित भएको छ । प्रदेशसभामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको अविश्वास प्रस्तावबारे छलफल जारी रहेको र अविश्वास प्रस्तावमाथि सदस्यहरुले धारणा राख्ने क्रम सकिएसँगै बैठक पौने ३ बजे बस्ने गरी १ घण्टाका लागि स्थगित गरिएको हो । 

त्यसपछि बस्ने बैठकमा मुख्यमन्त्री शंकर पोखरेलले सदनमा उठेका प्रश्नबारे जवाफ दिनेछन् । यसअघि प्रदेशसभामा  सांसद वीरेन्द्र कुमार कानौडियाले वक्तव्यसहित सभामा अविश्वास प्रस्ताव पेश गरेका थिए भने सोमाथि सदस्यहरुले आ–आफ्नो धारणा राखेका थिए । सत्तारुढ दलका सांसद भने प्रदेशसभामा उपस्थित भएनन् । 

प्रदेशसभा बैठक सुरु हुनुअघि नै मुख्यमन्त्रीले राजीनामा दिएको भएपनि प्रदेश प्रमुखले राजीनामा स्वीकृत गरेको पत्र प्रदेशसभामा पठाइसकेकाले अविश्वास प्रस्तावमाथि छलफल जारी रहेको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप