बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

मेलम्ची र इन्द्रावती खोला पुरानै अवस्थामा फर्काउने गृहकार्य शुरु

बुधबार, २७ साउन २०७८, १३ : ४५
बुधबार, २७ साउन २०७८

मेलम्ची तथा इन्द्रावती खोला पुरानै अवस्थामा फर्काउनका लागि मेलम्ची नगरपालिकाले पाँच वटा मेसिन प्रयोगमा ल्याएको छ ।  कुनै समस्या र बाधा अवरोध नआएमा १० दिनभित्रमा मेलम्ची बजार आसपासको  खोलालाई पुरानै धारमा फर्काउन सकिने विश्वास नगरपालिकाले लिएको नगरप्रमुख डम्बर अर्यालले बताए ।

गत असार १ र त्यसपछि लगातार रुपमा आएको बाढीले मेलम्चीमा मात्र १९७ घरमा क्षति पुगेको छ भने एक हजार २८२ रोपनी खेतीयोग्य जमिनमा नोक्सानी पुगेको बताइएको छ । बाढीका कारण विस्थापित भएकामध्ये कोही टेन्टमा त कोही भाडाको घरमा बस्दै आएका छन् ।

मेलम्ची र हेलम्बुमा बाढीपहिरोमा परेर २० जना हराइरहेका र ६ जना घाइते भएका छन् भने पाँच जनाको मृत्यु भएको छ । बाढी पहिरोको कारण मेलम्चीसहित हेलम्बु गाउँपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकामा घर, सडक, पुल, खेती र व्यवसाय गरि करोडौं रुपैयाँको क्षति भएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप